लगानी

२०७३-१२-४ मा प्रकाशित     २३०९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

३ बैङ्क जुन क्लियरिङ बैङ्कका रुपमा छनौट भए, कुन/कुन परे त?

चैत ४, काठमाडौं (अस) । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले तीन थप क्लियरिङ बैङ्क छनौट गरेको छ । नेप्सेको मापदण्ड तथा मूल्याङ्कन तालीकाअनुसार सीडीएस एण्ड क्लियरिङले नेपाल इन्भेष्टमेण्ट बैङ्क, सिद्धार्थ बैङ्क र प्रभु बैङ्कलाई क्लियरिङ बैङ्कका रुपमा छनौट दिएको नेप्सेले विज्ञप्ति मार्फत जानकारी गराएको छ । अहिलेसम्म ग्लोबल आइएमई बैङ्क एक मात्र क्लियरिङ बैङ्कको रुपमा रहेको थियो । एउटा मात्र क्लियरिङ बैङ्क हुँदा क्लियरिङमा समस्या भएको गुनासो आइरहेको थियो । नेपाल धितोपत्र बोर्डबाट कारोबार राफसाफ तथा फछ्र्यौट प्रावधानहरुलाई समेत समेटेर क्लियरिङ बैङ्क थप गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

प्रतिस्पर्धात्मक रुपमा क्लियरिङ बैङ्क थप गर्न ईच्छुक कम्पनीहरु ‘क’ वर्गको वाणिज्य बैङ्क हुनुपर्ने र केही मापदण्डहरुलाई आधार बनाइएको थियो । सो मापदण्डमा कम्पनीको चुक्ता पूँजी बढी भएकालाई प्राथमिकता दिइने, भौतिक तथा प्राविधिक पक्ष सुदृढ भएको हुनुपर्ने, आस्बा प्रणालीको सदस्य भएको, डिपी लाइसेन्स प्राप्त गरेको, विस्तारित शाखा सञ्जाल भएको, कम्पनीले लिने शूल्क तथा प्रदान गर्ने सुविधाहरु प्रतिस्पर्धी भएको, सरकारी कारोबार गर्ने गरेको लगायतका मापदण्डहरुलाई आधार बनाइएको थियो । सोही मापदण्ड अनुसार तीन बैङ्कहरु छनौट भएका हुन् ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »