विकास

२०७३-१२-६ मा प्रकाशित     २४१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ५, मुस्ताङ । विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जोड्ने जोमसोम–तिलिचो पदमार्ग मर्मत हुन सकेको छैन । पर्यटकीय मौसम शुरू हुन लागे पनि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जिल्ला समन्वय समिति मुस्ताङले आवश्यक चासो नदेखाउँदा पदमार्ग मर्मत हुन नसकेको हो । जोमसोम, ठिनी, याखर्क हुँदै तिलिचो पुग्ने छोटोदूरीको पदमार्ग सञ्चालन भए पनि त्यसको मर्मत हुन नसक्दा पर्यटक मनाङ हुँदै घुमाउरो मार्ग प्रयोग गर्न बाध्य भएका छन् ।

समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटरको उचाइमा अवस्थित तिलिचो आकर्षक पर्यटकीय गन्तव्य भए पनि त्यहाँ पुग्न भरपर्दो पदमार्गको अभाव छ । मुस्ताङको थोराङला पास हुँदै त्यहाँ पुग्न सकिने भए पनि जोमसोम, ठिनी र याकखर्कको मार्गलाई सञ्चालनमा ल्याउन सके पर्यटकको आवागमन बढ्ने ठिनीका अगुवा आशबहादुर थकालीले बताए ।

‘गत वर्षदेखि यो पदमार्ग मर्मत हुनसकेको छैन, हिउँले विभिन्न ठाउँमा पदमार्ग भत्किएको छ,’ उनले भने, ‘हामीले एक्याप र जिससलाई निरन्तर दबाब दिएका छौं, तर मर्मत भएको छैन ।’ एक्यापको तथ्याङ्कअनुसार विभिन्न रूटको प्रयोग गरेर तिलिचो तालमा वर्षेनि १० देखि १५ हजार पर्यटक पुग्ने गरेका छन् । जोमसोम भित्रिने बाह्य पर्यटकलाई जोमसोम–तिलिचो पदमार्गबाट त्यहाँ पु¥याउन पर्यटन व्यवसायीले प्रयास गर्दै आए पनि त्यो सफल हुन सकेको छैन । यो पदमार्गबाट २ दिनमै तिलिचो ताल पुग्न सकिन्छ ।

जोमसोमबाट याकखर्क बास बसेर भोलिपल्ट तिलिचो पुग्न सकिन्छ । पदमार्गका लागि होर्डिङ बोर्डदेखि होटल लजको समेत अभाव भएको ठिनीका युवा निरज थकालीले बताए । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »