विविध

२०७३-१२-६ मा प्रकाशित     २९० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ५, वीरेन्द्रनगर । नेपाल सरकारले वास्तविक किसानहरूको पहिचान गर्न कृषक परिचयपत्र वितरण कार्य शुरू गरेको छ । सोही क्रममा चैतबाट सुर्खेतका किसानलाई पनि परिचयपत्र वितरण थालिएको छ । गत असार १५ गतेदेखि हालसम्म ३ हजार ४ सय किसानहरूलाई कृषक परिचयपत्र वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले बताएको छ ।

जिल्लामा गत आर्थिक वर्षको चैत २३ देखि वैशाखसम्म उक्त परिचयपत्र वितरणका लागि आवेदन सङ्कलन गरिएको थियो । ५ हजार किसानलाई परिचपत्र वितरण गर्ने कार्यक्रमअन्र्तगत जिल्ला कृषि विकास कार्यालयले अब १ हजार ६ सय परिचयपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । वीरेन्द्रनगर उपत्यका र जिल्लाको पश्चिमी गाविस बाबियाचौरका कृषकहरूलाई अब परिचयपत्र वितरण गरिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कालिकाप्रसाद कोइरालाले जानकारी दिए ।

दोस्रो चरणमा जिल्लामा कृषक परिचयपत्र वितरण कार्य शुरू गरिएको हो । प्रत्येक विकास क्षेत्रका एक/एकओटा गरी पाँच जिल्लामा परिचयपत्र वितरण गर्ने सरकारी कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालय सुर्खेतले किसानलाई परिचय वितरण अभियान शुरू गरेको छ ।

जिल्लामा कृषकको सङ्ख्या पत्ता लगाउने उद्देश्यले किसान परिचयपत्र वितरण गरिएको कोइरालाले बताए ।

हाल ६ ओटा सेवाकेन्द्र र वीरेन्द्रनगर सम्र्पक केन्द्रमार्फत परिचयपत्र वितरणमा तीव्रता दिइएको उनको भनाइ छ । जिल्लाबाहिरको हकमा भने सम्बन्धित कृषि सेवाकेन्द्रमार्फत वितरण गर्न निर्देशन दिएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतका कृषि प्रसार अधिकृत प्रेमदेव गिरीले जानकारी दिए ।

आवेदन भर्ने किसानहरू घरमा नभेटिने र समयमै लिन नआउँदा वितरणमा ढिलासुस्ती भएको उनको भनाइ छ । चैत महीनाभित्रै सबै कृषकको हातमा किसान परिचयपत्र पुगिसक्ने दाबी उनले गरे ।

हाल जिल्ला कृषि विकास कार्यालय, सेवाकेन्द्र सहारे, बाबियाचौर र रामघाटबाट कृषक परिचयपत्र वितरण भइरहेको कार्यालयले बताएको छ । किसान परिचयपत्र पाएका कृषकलाई कार्यालयमा आउने विभिन्न अनुदानका कार्यक्रम लिन सहज हुने अपेक्षा कार्यालयको छ । अनुदान, तालीमलगायत सुविधा प्रभावकारी रूपमा किसानसम्म पुर्‍याउन सरकारले कृषक परिचयपत्र वितरण अवधारणा कार्यान्वयनमा ल्याएको हो ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »