विकास

२०७३-१२-६ मा प्रकाशित     ४०४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ५, म्याग्दी । म्याग्दीमा २ वर्षअघि साढे ४ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको बृहत् घोप्टेखोला खानेपानी आयोजना सञ्चालनमा आउन नसक्दा अलपत्र परेको छ । उचित व्यवस्थापन, संरक्षण र मर्मतको अभावमा म्याग्दीको मध्यक्षेत्रमा पर्ने ३ ओटा गाविस र बेनी नगरपालिकाका ६ ओटा वडाका बासिन्दालाई खानेपानी सुविधा पुर्‍याउन बनेको आयोजना अलपत्र परेको हो ।  

पात्लेखेत, पाखापानी, झिँ, बेनी नगरपालिकाको घतान, पुलाचौर र अर्थुङ्गेमा ५ हजार २ सय घरधुरी उपभोक्ता रहेको सो आयोजना सुचारु हुन नसक्दा उपभोक्ताहरू खाली धारो हेरेर चित्त बुझाउन बाध्य छन् । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०७१÷७२ मा आयोजना निर्माण भएको थियो ।

सरकार र उपभोक्ताको ४ करोड ६० लाख रुपैयाँ लगानीमा ६ वर्ष लगाएर निर्माण भएको आयोजनाबाट हालसम्म ६ महीना पनि पानी वितरण हुन नसकेको बेनपा–१० का भेषबहादुर सेनले बताए । पाखापानीको करेनखोलास्थित मुहानमा बाढीले गेगर थुपारेको र पात्लेखेतको वाखेत नजिकै पहिरोले पाइपमा क्षति पुर्‍याएकाले आयोजना अवरुद्ध भएको हो ।

आर्थिक स्रोतको अभाव, लामो दूरीको पाइपलाइन, भौगोलिक विकटतालगायतका मर्मत गर्न नसकेको उपभोक्ता समितिका सदस्य मुना बानियाले बताइन् । हिउँद लागेपछि बस्ती नजिकैका खानेपानीको मुहान सुकेको र आयोजनाको पानीसमेत आपूर्ति नहुँदा समस्या भएको स्थानीयवासीले गुनासो गरेका छन् । आयोजनाको संरक्षण र व्यवस्थित रूपमा सञ्चालनका लागि उपभोक्ता समितिले बेवास्ता गरेको उपभोक्ताको गुनासो छ ।

आयोजनालाई प्रभावकारी र व्यवस्थित बनाउन ‘एक घर एक धारा’को अवधारणा लागू गर्ने तयारी भएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयका प्रमुख इञ्जिनीयर शेखरचन्द्र केसीले जानकारी दिए । अवधारणाअनुसार आयोजना निर्माणका लागि प्रारम्भिक चरणको सर्वेक्षणको काम सकिएको छ । पानी खपत गरेको आधारमा उपभोक्ताबाट शुल्क लिने र त्यसैबाट आयोजनालाई दिगो तथा व्यवस्थित रूपमा सञ्चालन गर्न नयाँ अवधारणाअनुसार मर्मत तथा सुधार आयोजना प्रस्ताव गरेको उनले बताए । 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »