सम्पादकीय

२०७३-१२-६ मा प्रकाशित     ३१० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नेपालको विद्युत् प्रसारणसम्बन्धी कार्य व्यवस्थाका सम्बन्धमा आयोजित कार्यक्रममा एउटै क्षेत्रका विभिन्न आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्न एउटै प्रसारण लाइन बनाउने माग  सम्बन्धित प्रवद्र्धकले गरेका छन् । एउटै प्रसारण लाइनको व्यवस्था भयो भने यसबाट धेरै लागत बचत हुने उनीहरूको भनाइ छ । वास्तवमा विद्युत् उत्पादन तथा वितरण प्रक्रियालाई सहज बनाउने हो भने यो अत्यावश्यक छ । यसो गर्दा एउटा नदी उपत्यकामा धेरै जलविद्युत् गृह कम लागतमा निर्माण हुने सम्भावना बढ्छ ।

अहिले एउटै क्षेत्रमा रहेका एउटा आयोजनाबाट उत्पादन भएको विद्युत् एउटा प्रसारण लाइनमा र अर्को आयोजनाबाट उत्पादन भएको विद्युत् अर्को प्रसारण लाइनबाट जोड्ने गरिएको छ । यसरी छुट्टाछुट्टै आयोजनाका लागि आआफ्नै प्रसारण लाइन बनाउँदा प्रवर्द्धकले थप लगानी गर्नुपरेको छ । अहिले ऊर्जा प्रवद्र्धकले माग गरेअनुसार एउटै प्रसारण लाइन बनाउने हो भने त्यसमा सबै आयोजनाले जोड्न पाउ“छन् । त्यसो गर्दा विद्युत् उत्पादन आयोजनाको लागत पनि कम पर्न जान्छ । प्रवर्द्धकलाई आयोजनाबाट मुनाफा बढी हुन्छ भने विद्युत्को मूल्य पनि कम हुने अवस्था आउँछ ।

अहिले पनि कतिपय जलविद्युत् आयोजना प्रसारण लाइन नबनेका कारण समस्यामा परिरहेका छन् । आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन हुने अवस्थामा आइपुग्दा पनि प्रसारण लाइनको अभावमा त्यसै रोकिनुपरेका उदाहरण छन् । उत्पादनको समयमा आयोजना रोकिनु पर्दा त्यसको लागत बढ्न जान्छ । कतिपय आयोजनालाई त विद्युत् प्रसारण लाइन नबनेकै कारण निर्माणमा ढिलाइ गर्नुपर्ने बाध्यता छ । विद्युत् प्रसारण लाइन नभएकै कारण निर्माण सम्पन्न गरी विद्युत् खेर फाल्नुभन्दा आयोजना निर्माणमै ढिलाइ गर्नु उनीहरूका लागि सहज हुन जान्छ । त्यस्ता विषयमा विद्युत् प्राधिकरणले पहिले नै ध्यान दिनु आवश्यक थियो ।

विद्युत् प्रसारण लाइनको अभावले विद्युत् वितरण कार्यलाई धेरै नै असर गरेको छ । केही अघिसम्म भारतबाट ल्याइएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नसमेत यस्तै समस्या परेको थियो । धेरै वर्षअघि आएको एउटा करिडोरका सबै आयोजनाका लागि एउटै प्रसारण लाइन बनाउन पाउने मागलाई प्राधिकरणले बेवास्ता गर्दा नै यस्तो समस्या भएको हो ।

आफ्नो उत्पादनलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न व्यक्तिगत प्रसारण लाइन बनाउनुपर्ने बाध्यता व्यापारिक दृष्टिले प्रवर्द्धकलाई असम्भव जस्तै हुन्छ । त्यही असहज अवस्थालाई दृष्टिगत गरेर नै एउटै प्रसारण लाइनको माग गरिएको हुनुपर्छ । अहिले आएर यस्तो मागको सम्बोधन हुने सङ्केत नेपाल विद्युत् प्राधिकरणका सीईओले व्यक्त गरेका छन् । यो विद्युत् उत्पादन तथा वितरण प्रक्रियामा राम्रो उपलब्धि हो । तर, यस्तो प्रसारण लाइन कसले बनाउने भन्ने निक्र्योल भने अझै भएको छैन । सरकारले विद्युत् वितरण प्रक्रियालाई सहज बनाउने उद्देश्यले नै राष्ट्रिय प्रसारण कम्पनीको स्थापना गरेको हो । तर, स्थापना भएको लामो समय बितिसक्दा पनि त्यसले गति लिन सकेको छैन । अहिले एउटै प्रसारण लाइनको निर्माण विद्युत् प्राधिकरण गर्ने कि राष्ट्रिय प्रसारण कम्पनी गर्ने, हो त्यो स्पष्ट हुनुपर्छ ।

अहिले नेपालमा जलविद्युत् उत्पादनका क्षेत्रमा लगानीको राम्रो सम्भावना आइरहेको छ । विशेष गरी स्वदेशी तथा विदेशी निजीक्षेत्र उत्साहका साथ लगानी गर्न अगाडि बढिरहेका छन् । उनीहरूलाई त्यही रूपमा अगाडि बढ्न दिनु उचित हुन्छ । कतिपय ऊर्जा प्रवर्द्धकले त बूट मोडेलमा प्रसारण लाइन निर्माण गर्ने इच्छा देखाइसकेका पनि छन् । त्यस्ता निजी लगानीकर्तालाई विद्युत् उत्पादन आयोजनामा मात्र होइन, प्रसारण लाइन निर्माणमा पनि लगानी गर्न दिए झनै राम्रो हुन्छ । उनीहरू एकआपसमा एउटै नदी उपत्यकामा धेरै आयोजना सञ्चालन गरी कम लागतमा विद्युत् उत्पादन गर्न सक्छन् । यस्तो व्यवस्था भएमा जलविद्युत्का क्षेत्रमा निजी लगानीकर्ता झनै आकर्षित हुन्छन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »