विविध

२०७३-१२-६ मा प्रकाशित     १११४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ६, काठमाडौं  । सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ । यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारीसाधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रवारदेखि गरेको हो । यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ । 

विभागका प्रवक्ता डा टोकराज पाण्डेले सबै नागरिकलाई सहज रुपमा सवारीसाधन अनुमतिपत्र लिन पाउन भन्ने उद्देश्यले नयाँ प्रक्रिया लागू गरिएको बताए । उनले भने, ‘यसबाट लिखित परीक्षा दिँदा धेरै भिडभाड हुने, बिचौलियाको चलखेल हुनेलगायतका कुरा घट्छ ।’ यसअघि सवारीसाधन अनुमतिपत्र लिँदा सय पूर्णाङ्कमध्ये १९ लब्धाङ्कको विषयगत र ८१ लब्धाङ्कको वस्तुगत प्रश्नको उत्तर दिनुपर्ने हुन्थ्यो । त्यसमा ४० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुने गरेका थिए । विभागले लिखित परीक्षा दिएर अनुमतिपत्र लिएका चालकलाई फेरि अनुमतिपत्र लिँदा परीक्षा दिनु नपर्ने व्यवस्था गरेको डा पाण्डेले बताए । रासस

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »