विविध

२०७३-१२-७ मा प्रकाशित     १६९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ६, पर्वत । दक्षिण पर्वतको फलामखानी गाविसमा हावाबाट बिजुली निकाल्ने तयारी भएको छ । जैविक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गतको एसियाली विकास बैङ्कको सहयोगमा फलामखानीमा हावाको चापबाट बिजुली निकाल्ने प्रक्रियाको प्रारम्भिक चरण शुरू भएको हो ।

प्रारम्भिक चरणमा स्थलगत अध्ययन र स्थानीयवासीसँग छलफल गरिएको केन्द्रका सौर्य वायुविज्ञ खिमराज भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अन्तरराष्ट्रिय वैज्ञानिकको संस्था नासाको अभिलेखमा उक्त स्थानमा हावाबाट विद्युत् निकाल्न सकिने रेकर्ड देखिएकाले सम्भावित क्षेत्रका रूपमा लिइएको भण्डारीले बताए । पहिलो चरणअन्तर्गत उक्त स्थानमा हावाको चाप नाप्ने मेट्रोलोजिक टावर राखिनेछ ।

करीब रू. ३५ लाखको लागतमा बन्ने उक्त टावर व्यवस्थापनको खर्च एसियाली विकास बैङ्कले नेपाल सरकारलाई उपलब्ध गराउने भण्डारीले बताए । टावरले १ देखि २ वर्षभित्रमा हावाको चापको क्षमता र सम्भावित विद्युत् उत्पादनको रेकर्ड देखाउनेछ । सोही रेकर्डका आधारमा विद्युत् उत्पादन गर्ने गरी आयोजना शुरू हुने भण्डारीले जानकारी दिए । यसअघि पनि विद्युत् उत्पादनको कार्य भए पनि त्यो संरक्षण र मर्मतको अभावमा बन्द भएको थियो । विसं २०६३ मा शुरू भएको उक्त योजना हाल पूर्ण बन्द रहेको छ । करीब २ हजार २ सय मिटरको उचाइमा रहेको फलामखानीको डाँडाबाट विद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि राज्यले यसअघि भने चासो देखाएको थिएन ।

प्रारम्भिक चरणको अध्ययन गरेर फिल्डबाट फर्केका भण्डारीले करीब ५० मी. उचाइमा राखिने अध्ययन टावरका लागि भने स्थानीयस्तरमा रहेको एनसेलको टावरले समस्या सृजना गरेको बताए । उनले विद्युत् लाइनका काठे खम्बा र एनसेलको टावर हटाउने व्यवस्था स्थानीयस्तरबाट हुनासाथ विद्युत् उत्पादनका लागि आवश्यक थप प्रक्रिया अगाडि बढाइने जानकारी दिए । हाल एसियाली विकास बैङ्कको सहयोगमा जैविक ऊर्जा प्रवर्द्धन केन्द्रले नवलपरासी, मुस्ताङ, पाल्पा र कर्णाली क्षेत्रमा पनि यस्तै प्रकारको आयोजना शुरू भएको छ । स्थानीयस्तरमा निःशुल्क टावर र विद्युत् उत्पादन केन्द्रका लागि जग्गा व्यवस्थापन गर्नुपर्ने केन्द्रको प्रावधान रहेको समेत उनले बताए ।

जिविस पर्वतका ऊर्जा इञ्जिनीयर मञ्जु शिलाकारले यसअघि पनि विद्युत् उत्पादन भएर बन्द भएको फलामखानी गाविसमा विद्युत् उत्पादनका लागि प्रक्रिया अगाडि बढिरहेको बताए । उक्त कार्यका लागि जिविस र स्थानीय निकायले सहजीकरण मात्र गर्ने र अरू सबै प्रक्रिया एसियाली विकास बैङ्कको सहयोग सञ्चालित कार्यक्रमले अगाडि बढाउने बताइएको छ । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »