विविध

२०७३-१२-७ मा प्रकाशित     १४४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ६, उदयपुर । पछिल्लो समयमा ऊर्जा आपूर्ति सहज भएसँगै नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेण्ट उद्योगले आफ्नो उत्पादनमा वृद्धि गरेको छ ।

उद्योग व्यवस्थापनका अनुसार उद्योगले हाल साढे ५ सयबाट दैनिक ७ सय मेट्रिक टन गैंडाछाप सिमेण्ट उत्पादन गर्ने गरेको छ । सिमेण्ट उत्पादनमा वृद्धि हुनाका कारणबारे उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल भन्छन्, ‘विगतमा उद्योगलाई आवश्यक पर्ने कोइला, विद्युत् र सामग्री ढुवानीमा समस्या हुने गरेको थियो । अहिले त्यस्ता समस्या छैनन् ।’

केही समययता ऊर्जा आपूर्ति सहज हुँदै गएपछि उद्योगले सिमेण्ट उत्पादन क्षमतामा वृद्धि गरेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगको सिमेण्ट उत्पादन गर्ने केही मेशिनको समेत मर्मत गरिएकाले प्रतिदिन ७ सय मेट्रिक टन उत्पादन गर्न सम्भव भएको महाप्रबन्धक पौडेलले बताए ।

चालू आवको अन्त्यसम्ममा उद्योगले रू. २५ देखि ३० करोडसम्म आम्दानी गर्नेसमेत उद्योग व्यवस्थापनको दाबी छ । उद्योगमा अहिले अढाइ लाखभन्दा बढी सिमेण्ट भण्डार गरिराखिएको बताइन्छ । उदयपुर सिमेण्ट उद्योगको दैनिक सिमेण्ट उत्पादन गर्ने क्षमता आठ सय
मेट्रिक टन हो । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »