विकास

२०७३-१२-७ मा प्रकाशित     ३६५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ६, म्याग्दी (अस) । म्याग्दीबाट रुकुम हुँदै डोल्पा जोड्ने पश्चिम धवलागिरि पदमार्गको नक्सा तयार गरिएको छ । पर्वतारोही तथा रुकुमेली युवा मनबहादुर खत्रीको प्रयासमा हिमाली भेगका विभिन्न ठाउँलाई समेटेर रूट पहिचान गरी उक्त नक्सा तयार पारिएको हो ।

म्याग्दीमा हालै मात्र सञ्चालनमा आएको धवलागिरि सेञ्चुरी पदमार्गअन्तर्गत कुइनेमङ्गलेबाट शुरू भई मल्कावाङ, मुदी, गुर्जा र रुकुमको सिस्ने हुँदै डोल्पा जोड्नेगरी पदमार्गको नक्साङ्कन तयार गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ । कार्यक्रममा पदमार्गका अनुसन्धानकर्तासमेत रहेका पर्वतारोही खत्रीले कालीगण्डकीदेखि पश्चिममा भेरी नदीसम्मको धवलागिरि रेञ्जमा रहेका हिमश्रृङ्खला समेटेर विभिन्न पर्यटकीय पदमार्ग पहिचानगरिएको बताए ।

उनका अनुसार उक्त पदमार्गको नक्सा जिल्ला समन्वय समिति रुकुम, नेपाल पर्वतारोहण सङ्घ र धवलागिरि गाउँपालिकामा समावेश भएको साविकको गुर्जा गाविसको आर्थिक सहयोगमा तयार गरिएको हो । उनले तयार गरेको पदमार्गको नक्साङ्कनअनुसार पश्चिम धवलागिरि पदमार्गको केन्द्रबिन्दु म्याग्दीको गुर्जालाई मानिएको छ भने ट्रान्स धवलागिरि पदमार्गको शुरुआत बिन्दु म्याग्दीको सदरमुकाम बेनीलाई मानिएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »