समाचार

२०७३-१२-७ मा प्रकाशित     ४५३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

 निर्माण क्षेत्रमा न्यून लगानी प्रतिबद्धता
गोपाल साउद

गोपाल साउद

चैत ६, काठमाडौं । नेपालको निर्माण क्षेत्रमा एकदमै न्यून मात्रामा विदेशी लगानी भित्रिने गरेको छ । चालू आर्थिक वर्ष २०७३/७४ को ८ महीना समाप्त भइसक्दा सम्ममा कुनै पनि विदेशी लगानी प्रतिबद्धता आउन सकेको छैन । हालसम्म लगानीका अन्य क्षेत्रको तुलनामा निर्माण क्षेत्रमा आएको विदेशी लगानी सबैभन्दा न्यून छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार हालसम्म विभिन्न ३ हजार ८ सय ८३ परियोजनामा कुल २ खर्ब ७ अर्ब १५ करोड ५४ लाख १० हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । त्यसमध्ये निर्माण क्षेत्रमा हालसम्म विभिन्न ४५ ओटा परियोजनाका नाममा २ अर्ब ९७ करोड २८ लाख १० हजार रुपैयाँ मात्र आएको देखिन्छ । यो कुल विदशी लगानी प्रतिबद्धताको १ दशमलव ४ प्रतिशत मात्र हो ।

पछिल्ला वर्षमा यस क्षेत्रमा लगानी बढ्नुको साटो झन् घट्दो क्रममा रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा १० करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको यस क्षेत्रमा गत आर्थिक वर्षमा १ करोड रुपैयाँ मात्र रहेको छ । चालू आर्थिक वर्षको ८ महीना सकिन लाग्दासम्म निर्माण क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता आउन सकेको छैन ।

नेपालमा विकास निर्माणका परियोजनाहरू समयमै सम्पन्न नहुने समस्या रहेका कारण विदेशी लगानीकर्ता आकर्षित हुन नसकेको नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रामशरण देउजा बताउँछन् । ‘पहिलो कुरा त आयोजनाका छनोट र लागत अनुमान नै सही किसिमले हुँदैन,’ उनले भने, ‘आयोजना प्रमुखहरूको स्थायित्व नहुने, स्थानीय निर्माण सामग्रीको असहजता, वातावरणसम्बन्धी समस्या, जग्गा अधिग्रहणको समस्या, निजीक्षेत्रमैत्री कानूनको अभाव हुनुसमेत त्यसमा जिम्मेवार छन् ।’

विकास साझेदार र दातृ निकायहरूको सहयोगमा निर्माण हुने आयोजनामा समेत समस्या देखिने गरेको देउजाको भनाइ छ । ‘सर्वे भएको कम्तीमा ५ वर्षपछि मात्र आयोजना निर्माणको काम अगाडि बढाइन्छ,’ उनी भन्छन्, ‘त्यस अवधिमा आयोजनाको लागत र आवश्यकतामै ठूलो अन्तर आइसक्छ ।’

हालसम्मको अवस्था हेर्ने हो भने ऊर्जाक्षेत्रमा सबैभन्दा बढी विदेशी प्रतिबद्धता आएको देखिन्छ । सो क्षेत्रमा कुल लगानी प्रतिबद्धताको ४२ दशमलव ३ प्रतिशत रहेको छ । त्यसपछि क्रमशः सेवाक्षेत्रमा २१ दशमलव ४ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा १८ दशमलव ८ प्रतिशत, पर्यटन क्षेत्रमा १२ प्रतिशत, कृषि तथा वन र खनिज क्षेत्रमा समान २ प्रतिशत विदेशी लगानी प्रतिबद्धता आएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »