समाचार

२०७३-१२-७ मा प्रकाशित     ५७९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ६, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा प्रसारण लाइनको काम अघि नबढ्दा अप्पर सोलु हाइड्रोपावर (२३ दशमलव ५ मेगावाट) परियोजना समस्यामा पर्ने भएको छ । परियोजनाको काम धमाधम भइरहेको तर प्रसारण लाइन भने अघि नबढेका कारण समस्या उत्पन्न हुने भएको हो ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट तीन किलोमिटरको दूरीमा रहेको आयोजनाको करीब ४३ प्रतिशत काम सकिइसकेको अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले बताएको छ । ‘आयोजना निर्माणतर्फको मात्रै पनि करीब ३५ प्रतिशत काम सकिइसकेको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत शशिबहादुर राजभण्डारीले भने, ‘त्यसभन्दा पहिलेदेखिको हिसाब गर्ने हो भने करीब ४३ प्रतिशत सकिएको छ ।’

आयोजना स्थलबाट ३ किलोमिटरको दूरीमा पर्ने तिन्ला गाविसको लमानेमा प्राधिकरणले सबस्टेशन निर्माण गर्ने भएकाले त्यहाँबाट राष्ट्रिय प्रसारणमा विद्युत् जोड्न ९० किलोमिटर लामो प्रसारण लाइन तान्नु पर्ने हुन्छ । तर, हालसम्म प्राधिकरणले सम्झौतामा उल्लेख भएअनुरूप द्रुत गतिमा काम नगरेको राजभण्डारीले आरोप लगाए । ‘अहिलेसम्म सबस्टेशनका लागि जग्गा अधिग्रहण गर्ने र पर्खालले घेर्ने काम मात्रै भएको छ,’ उनले भने, ‘प्रसारण लाइनद्वारा प्रभावित हुने क्षेत्रको जग्गा अधिग्रहण तथा सबस्टेशनका बाँकी केही काम थालिएको छैन ।’

राजभण्डारीका अनुसार यदि अहिलेबाटै काम धमाधम शुरू गर्ने हो भने प्रसारण लाइनको काम सकिन २ वर्ष लाग्नेछ । तर, आयोजना अबको डेढ वर्षभित्रमा सम्पन्न हुनेछ । कम्पनीसँग गरेको विद्युत् खरीद÷विक्री सम्झौता (पीपीए)अनुसार प्राधिकरणले सन् २०१८ को सेप्टेम्बरसम्ममा १३२ केभीको प्रसारण लाइन बनाइसक्ने उल्लेख छ । यदि उक्त प्रसारण लाइन सम्पन्न हुन नसक्ने अवस्था भए अर्को विकल्प भए पनि गरिदिन आफूहरूले आग्रह गरेको राजभण्डारी बताउँछन् । ‘लहानबाट बुइपा हुँदै ओखलढुङ्गा पुग्ने ३३ केभी प्रसारण लाइनको काम विगत ५ वर्षदेखि हुँदै रोकिँदै गएको थियो,’ राजभण्डारीले भने, ‘हामीले त्यही प्रसारण लाइनलाई भए पनि सल्लेरीसम्म ल्याइदिन भनेका छौं ।’ यदि उक्त प्रसारण लाइन तयार भएमा आयोजनाको १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यति भए पनि आफूहरूले लिएको ऋणको ब्याज तिर्न सजिलो हुने कम्पनीको भनाइ छ ।

उक्त आयोजना वर्षमा ४० प्रतिशत समय पूर्ण क्षमतामा चल्ने (क्यू ४०)का रूपमा विकास गरिँदै छ । वर्षायाममा २३ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने उक्त आयोजनाबाट हिउँदमा ८ मेगावाटसम्म उत्पादन हुने अनुमान गरिएको छ । सो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) ढाँचामा निर्माण भइरहेको आयोजना हो ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »