अन्तरराष्ट्रिय

२०७३-१२-७ मा प्रकाशित     १४८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ६, पेचिङ (चीन) । चीनले स्वतन्त्र व्यापारलाई समर्थन गर्दै व्यापार संरक्षणवादका विभिन्न विधालाई अस्वीकार गरेको त्यहाँका उपप्रधानमन्त्री चाङ् काउलीले बताएका छन् ।

विश्वव्यापी बजारमा माग घटिरहेको अवस्थालाई दृष्टिगत गर्दै चीनले यस्तो अडान लिएको हो । ‘चीनले व्यापार तथा लगानी संरक्षणवादसम्बन्धी विभिन्न अवस्थालाई अस्वीकार गर्नका लागि अन्य राष्ट्रहरूसँग काम गर्न चाहिरहेको छ,’ पेचिङमा आयोजित चीन विकास मञ्चमा बोल्दै चाङ्ले भने ।
अविश्वसनीय रूपमै आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउन जरुरी रहेको बताउँदै चाङ्ले अस्थायी समस्या आए भन्दैमा अगाडि बढेको कदम रोक्न नमिल्नेमा जोड दिएका छन् । विश्वभरिका नीतिनिर्माताहरूले विश्वव्यापीकरण प्रक्रियालाई थप समावेशी बनाउँदै समानतामा विशेष जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।

हाल विश्व अर्थतन्त्र गहिरो समायोजनको अवस्थाबाट गुज्रिरहेको छ, आर्थिक वृद्घि कमजोर बनिरहेको छ भने व्यापार संरक्षणवादमा पनि वृद्घि भइरहेको पाइएको छ । चीनले विश्वव्यापी कमजोर माग र अमेरिकाको संरक्षणवादी नीतिका कारण बढिरहेको जोखीमको सामना गरिरहेको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »