अन्तरराष्ट्रिय

२०७३-१२-७ मा प्रकाशित     १३०० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

ब्लुटूथ, म्युजिक प्लेयर र जीपीएस्युक्त स्मार्ट हेलमेट

चैत ६, नयाँ दिल्ली (भारत) । पछिल्लो समय हरेक चिज स्मार्ट बन्दै गइरहेको छ । उपभोक्ताको स्मार्ट बन्ने चाहनालाई दृष्टिगत गर्दै कम्पनीहरूले पनि स्मार्ट सामग्रीहरूको उत्पादन गरिरहेका छन् । तपार्इंहरूमध्ये कतिपयले बाइक चलाउँदा चलाउँदैै कुरा गर्न मिल्ने, गीत सुन्न मिल्ने र ‘नेभिगेट’ गर्न मिले कस्तो हुन्थ्यो होला भन्ने कल्पना गर्नुभएको छ ? यदि छ भने तपार्इंको यो चाहना अब छिट्टै पूरा हुनेछ ।

एक कम्पनीले गीत सुन्न मिल्ने र कुरा गर्न मिल्ने हेलमेट बनाएको छ । यसमा बिल्ट–इन एपबाट चलाउन सकिने ब्लूटुथ, म्युजिक प्लेयर र जीपीएस्लगायतका फिचर छन् । हेलमेटको भाइजरमा एउटा सानो डिस्प्ले छ । जीपीएस् चलाएको समयमा सो डिस्प्लेमा करेण्ट रुट र रियरभ्यू क्यामराले खिचेका फोटोसमेत हेर्न सकिन्छ । यो हेलमेटमा गीत सुन्नका लागि बिल्ट–इन स्पिकर र बिल्ट–इन न्वाइज कण्ट्रोल सिष्टम पनि छ ।

एउटा स्मार्टफोनमा भएका सबै फिचरयुक्त यो हेलमेटमा ह्याण्ड्ज–फ्रीको सुविधा होला त ? अवश्य पनि छ । हेलमेट लगाएर कुरा गर्दा बढी हल्ला नआओस् भनेर नै हेलमेटमा न्वाइज कण्ट्रोल सिष्टम राखिएको हो । हेलमेट लगाएर बाइक चलाउँदा पछाडिपट्टि के भइरहेको छ भन्ने देख्न सकिँदैन । तर, यसमा भएको रियरभ्यू क्यामराले पछाडिका दृश्यसमेत देखाउँछ । यो हेलमेट मे वा जुन महीनामा ढुवानी गरिने क्रस हेलमेट वेबसाइटमा बताइएको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »