अन्तरराष्ट्रिय

२०७३-१२-७ मा प्रकाशित     १८८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ६, पेचिङ (चीन) । चीनको राजधानी पेचिङमा कोइलाबाट चल्ने अन्तिम पावर प्लान पनि बन्द गरिएको छ । गत सप्ताहन्तमा पेचिङको आकाशमा कुइरीमण्डल धूँवा लागेपछि सरकारले हुआनङ पेचिङ थर्मल प्लाण्ट बन्द गर्ने घोषणा गरेको हो । राज्यनियन्त्रित सञ्चार माध्यम सिन्ह्वाका अनुसार सबै कोइला प्लाण्ट बन्द भइसकेको पेचिङ देशकै पहिलो शहर हो । त्यहाँ अहिले प्राकृतिक ग्यासबाट चाहिने बिजुली उत्पादन भइरहेको बताइएको छ ।

सरकारले सन् २०१३ मा पेचिङको वायु स्वच्छ बनाउने पञ्चवर्षीय कार्ययोजना ल्याएको थियो । सन् २०१३ देखि सन् २०१७ का बीचमा कोइला प्लाण्ट बन्द गरेर त्यसको सट्टामा ग्यास थर्मल पावर सेण्टर स्थापना गरिएको हुआनङ चौथो प्लाण्ट हो । यसले वार्षिक रूपमा १ करोड टन कोइला उत्सर्जन कम गर्ने बताइएको छ । राजधानी अझ केही दिनसम्म धुम्म रहने अपेक्षा गरिएको छ । रासस/एएफपी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »