अन्तरराष्ट्रिय

२०७३-१२-७ मा प्रकाशित     ५९२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

विश्वका ८० प्रतिशत शहर कमजोर बन्दै गएको सङ्केत

चैत ६, वाशिङटन डीसी (अमेरिका) । विश्वका झण्डै ५५ प्रतिशत मानिस शहरमा बसोवास गर्छन् र उनीहरूको आर्थिक गतिविधिको आकार झण्डै ६२ ट्रिलियन डलर रहेको छ । तर, हालै प्रकाशित एक अध्ययन प्रतिवेदनले देखाएअनुसार विश्वका ८० प्रतिशत शहर कमजोर बन्दै गएको सङ्केत आएको छ । बैङ्क अफ अमेरिकाको कर्पोेरेट तथा लगानी विभाग बैङ्क अफ अमेरिका मेरिल लिञ्च (बीओएफ्एएम्एल्)ले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।

विश्वका शहरहरू ब्रोडब्याण्ड, ५जी, सेन्सर्स, आईओटी, बीग डेटा, क्लाउड र कृत्रिम बौद्धिकता जस्ता विघटनकारी प्रविधिबाट परिवर्तित हुँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वव्यापी आर्थिक वृद्धिको चालकका रूपमा रहेका विश्वका शहरहरूमा वार्षिक ६२ ट्रिलियन डलरबराबरको आर्थिक गतिविधि हुने गरेको छ । यो सन् २०३० सम्म १ सय १५ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । यससँगै अधिकांश शहर कमजोर बन्दै गएकोप्रति पनि बैङ्कले इङ्गित गरेको छ ।

हाम्रा शहरहरू थुप्रै मामिलामा कमजोर बन्दै गएको पाइएको छ । निर्बल सुशासन, कमजोर संस्थाहरू, अपर्याप्त पूर्वाधार, बढ्दो असमानता, घरजग्गा, वातावरणीय चुनौतीहरू र नयाँ प्रकारका उदाउँदो जोखीमले शहरलाई कमजोरीतर्फ धकेलिरहेको प्रतिवेदनमा भनिएको छ । बीओएफ्एएम्एल्को स्मार्ट शहर सूचकअनुसार सिङ्गापुर, लण्डन, न्यूयोर्क, पेरिस, टोकियो, स्टकहोम, एम्स्टरड्याम, सोल र भियना विश्वमा स्मार्ट शहरमध्ये रहेका छन् । सन् २०२० भित्र स्मार्ट शहरका बजार १ दशमलव ३ ट्रिलियनदेखि १ दशमलव ६ ट्रिलियन डलरसम्म बढ्न सक्ने प्रतिवेदनमा भनिएको छ ।

चीन विश्वकै सबैभन्दा धेरै शहरी जनसङ्ख्या भएको राष्ट्र हो । चीनलाई पछ्याउँदै भारत र अमेरिका सूचीको क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । सन् २०५० सम्म चीनको शहरी जनसङ्ख्या १ अर्ब पुग्नेछ भने सन् २०३० भित्र विश्वमा ४१ ओटा मेगा शहर र ११ ओटा मेटा शहर रहनेछन् । १ करोडभन्दा बढी जनसङ्ख्या भएको शहरलाई मेगा शहर भनिन्छ भने २ करोडभन्दा बढी जनसङ्ख्या भएमा त्यसलाई मेटा शहर भनिन्छ । भारतका तीन शहर दिल्ली, मुम्बई र कोलकातालाई विश्वका शीर्ष प्रमुख मेगा शहरको सूचीमा समावेश गरिएको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »