अन्तरराष्ट्रिय

२०७३-१२-७ मा प्रकाशित     ७३० पटक पढिएको    ० बिचार / प्रतिक्रिया

भारतमा साढे ३ अर्ब डलरको एफपीआई भित्रियो

चैत ६, नयाँ दिल्ली (भारत) । मार्च महीनामा भारतीय पूँजी बजारमा उच्च विदेशी लगानी आप्रवाह भएको छ । विधानसभा निर्वाचनमा यूपीलगायत पाँच राज्यमा बीजेपीको जितले सन् २०१९ मा हुने लोकसभाको निर्वाचनमा नरेन्द्र मोदीकै सरकार बन्ने अपेक्षा बढ्दा विदेशी लगानी बढेको हो । डिपोजिटरी तथ्याङ्कअनुसार विदेशी पोर्टफोलियो लगानीकर्ताहरू (एपीआई))ले मार्चको १ देखि १७ सम्मको अवधिमा भारतीय शेयर बजारमा १ खर्ब ७१ अर्ब २४ करोड रुपयाबराबर लगानी गरेका छन् । सोही अवधिमा भारतीय ऋणपत्रमा भने ४९ अर्ब ५० करोड रुपयाबराबरको लगानी भित्रिएको छ ।

यी दुवै क्षेत्रको एफपीआई लगानी २ खर्ब २० अर्ब ७४ करोड रुपया (३ अर्ब ४४ करोड डलर) भएको तथ्याङ्कले देखाएको छ । बीजेपीको जितले मोदीको सुधारवादी नीतिले निरन्तरता पाउने अपेक्षा लगानीकर्तामा बढेको बजाज क्यापिटलका वरिष्ठ उपाध्यक्ष तथा इन्भेष्टमेण्ट एनालिटिक्सका प्रमुख आलोक अग्रवालले बताए । यूपीमा बीजेपीको जितले विदेशी लगानीकर्ताहरुको मनोबल बढेको र उच्च एफपीआई आप्रवाह भएको उनले बताए । अमेरिकामा क्रमिक रूपमा ब्याजदर बढ्दै जाने सम्भावनाले पनि लगानीकर्ताहरूमा जोखीमयुक्त सम्पत्तिप्रतिको रुचि बढेको हुन सक्ने बताइएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा भारतीय पूँजी बजारमा कुल ३ खर्ब ४४ अर्ब ४१ करोड रुपया एप्mपीआई आप्रवाह भएको छ । रासस/पीटीआई


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »