बजार

२०७३-१२-७ मा प्रकाशित     ४७१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

आज सकिँदै अन्तरराष्ट्रिय व्यापार मेला

चैत ६ काठमाडौं (अस) । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा जारी नेपाल अन्तरराष्ट्रिय व्यापार मेला सोमवार सकिँदै छ । काठमाडौंको भृकुटीमण्डपमा  जारी मेलाको चौथो दिन करीब ६५ हजारले मेला अवलोकन गरेका छन् ।

मेलामा विशेषगरी उच्च हिमाली भेगका उत्पादन, जडीबुटीका उत्पादन तथा अन्तरराष्ट्रिय स्टलमा दर्शकको घुइँचो रहेको आयोजकको भनाइ छ ।

नेपाल सरकार/वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा जारी मेलाको नेपाल हस्तकला महासङ्घ, नेपाल जडीबुटी उत्पादक सङ्घ तथा हिमाली आयोजना यस वर्षको मेलाको सहआयोजक रहेका छन् । मेलामा चीन, भारत, बङ्गलादेश, पाकिस्तान, थाइल्याण्डलगायत देशका व्यवसायीसमेत सहभागी छन् ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा, औषधिजन्य, फलाम तथा स्टीलका छुट्टाछुट्टै स्टल रहेका छन् । त्यसैगरी, तयारी पोशाक, छाला तथा छालाजन्य उत्पादन, नयाँ प्रविधि तथा उपकरण, खाद्यान्न, फर्निचर, फेशन वेयर, होम डेकोर, सेवा क्षेत्रका विविध स्टल मेलाको आकर्षणका रूपमा रहेका छन्् । साथै, मेलामा ७० स्टलमार्फत महासङ्घको कृषि उद्यम केन्द्रअन्तर्गतको हिमाली आयोजनाका कृषि उत्पादनको प्रदर्शनी गरिएकोे छ ।

मेलामा स्वदेशी एवम् विदेशी कम्पनीहरुको महत्वपूर्ण सहभागिता रहेको छ । ३ सय ४० स्टलमार्फत अन्तरराष्ट्रिय व्यापार मेलामा स्वदेशी एवम् विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »