बजार

२०७३-१२-७ मा प्रकाशित     ४१९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

हुण्डाई ओपन गोल्फको उपाधि शाहलाई

चैत ६, काठमाडौं (अस) । सातौं हुण्डाई ओपन गोल्फ टुर्नामेण्टको उपाधि विकास शाहले जितेका छन् । शनिवार गोकर्ण फरेष्ट रिसोर्टमा भएको प्रतियोगितामो आङनोर्बु शेर्पालाई पछि पार्दै उनी विजयी बनेका हुन् । उनले ट्रफीका साथमा १ लाख रपैयाँ र स्मार्टफोन प्राप्त गरेका छन् । त्यस्तै, द्वितीय भएका शेर्पाले ट्रफीका साथमा ५० हजार र एउटा स्मार्टफोन पुरस्कारस्वरूप प्राप्त गरे । प्रतियोगितामा निश्चयजङ्ग रायमाझी तृतीय भएका छन् । उनले ट्रफी, २० हजार नगद तथा स्मार्टफोन प्राप्त गरेका छन् ।

त्यसैगरी, महिलातर्फ प्रतिमा शेर्पा विजयी भएकी छन् । उनलाई २० हजार र स्मार्टफोन दिइएको थियो । त्यस्तै,  ज्येष्ठ नागरिकतर्फ गोपाल चित्रकार विजयी बने भने हुण्डाई अनर्स क्याटेगरीअन्तर्गत जामलिङ घले विजेता बने ।

विजेतालाई साउथ कोरियाका राजदूत छोइ योङ जिन, लक्ष्मी ग्रूपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गोकर्ण गोल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे तथा क्याप्टेन जोशेप नाथनले पुरस्कार प्रदान गरेका थिए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »