बजार

२०७३-१२-७ मा प्रकाशित     ६२६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

सडकले ५ र ६ नम्बर प्रदेशलाई प्रत्यक्ष जोड्ने

चैत ६, घोराही । सरकारले चालू आर्थिक वर्षमा दाङ–सुर्खेत सडक योजनाअन्तर्गत दाङको बालापुरदेखि हापुरेसम्म कालोपत्रे गर्न २७ करोड रुपैयाँ विनियोजन गरेको छ । सो खण्डको १४ किलोमिटर कालोपत्रे गर्न सो रकम विनियोजन गरिएको मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले बताए । कालोपत्रेको काम धमाधम भइरहेको कार्यायले बताएको छ । सो सडक खण्डको दोघरेदेखि बालापुरसम्म कालोपत्रेको काम ठेकेदारको लापरवाहीले अलपत्र परेको थियो । हाल पहिलेको ठेकेदारसँग ठेक्का रद्द गरेर नयाँ टेण्डर प्रक्रिया अघि बढाइएको छ ।

दाङ–सुर्खेत सडकको ३३ किलोमिटर खण्ड दाङ डिभिजनले हेर्ने गर्छ । बाँकी ४६ किलोमिटर भने सुर्खेत डिभिजन कार्यालयअन्तर्गत पर्छ । बहुवर्षे योजनाअन्तर्गत सञ्चालन भएको उक्त योजना निर्माण कम्पनीको लापरबाहीले समयमा काम नभएको गौतमले बताए । ‘हामीले समयमा योजना सम्पन्नका लागि निरन्तर पहल गरिरहेका छौं,’ उनले भने, ‘काम नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ टेण्डर आह्वान गरेर काम गर्ने डिभिजनको योजना छ ।’ सडक कालोपत्रेपछि भेरी अञ्चलका पहाडी जिल्ला र कर्णाली अञ्चललाई प्रत्यक्ष दाङसँग जोड्न सकिनेछ । दाङ–सुर्खेत सडक खण्ड कुल ७९ किलोमिटर पर्छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले दाङ–सुर्खेत सडक निर्माणमा ढिलाइ हुँदा यस क्षेत्रका सर्वसाधारण तथा व्यसवसायी मर्कामा परेको बताए । उनले सडक कालोपत्रे नहुँदा सुर्खेत पुग्न बाँके हुँदै लामो दूरीबाट जानुपर्छ । ‘विकासको प्रमुख आधार भनेकै सडक सञ्जाल हो,’ रिजालले भने, ‘यस्ता ठूला सडक आयोजना समयमा सम्पन्न नहुँदा निर्माण लागतसमेत बढिरहेको छ ।’ सडक कालोपत्रेपछि पश्चिम दाङका सर्वसाधारणको कृषि उपजले सहजरूपमा बजार पाउने उनको भनाइ छ । त्यसैगरी, दाङमा उत्पादित खाद्यान्न कर्णाली लैजान सहज हुने रिजालले बताए ।

‘कर्णालीमा उत्पादित फलफूल तथा जडिबुटीलाई दाङ ल्याउन यो सडक अति उपयोगी हुनेछ,’ उनले भने, ‘दाङ–सुर्खेत सडकको दूरी घट्ने भएकाले यसबाट मात्रै वार्षिक करोडौंको इन्धन बचत हुनेछ ।’ दाङलाई ५ नम्बर प्रदेशको राजधानी बनाउनका लागि प्रस्ताव गरिएकाले यो सडक निर्माणले अन्तरप्रदेशीय सम्बन्ध कायम गर्न पनि सहयोग पुग्ने रिजालले बताए । ६ नम्बर प्रदेशको राजधानी सुर्खेत बनाउने पहल भइरहेको छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »