बजार

२०७३-१२-७ मा प्रकाशित     २५९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

‘नयाँ औद्योगिक ऐनबाट लगानीमैत्री वातावरण निर्माणमा सहयोग’

चैत ६, रूपन्देही (अस) । औद्योगिक व्यवसाय ऐन–२०७३ले लगानीमैत्री वातावरण निर्माण गरेको भन्दै ऐनमा गरिएका व्यवस्थाबाट लाभ लिन उद्योगी/व्यवसायीलाई सरकारी अधिकारीले आग्रह गरेका छन् । यसअघिका धेरै नीतिगत अस्पष्टालाई अहिलेको ऐनले स्पष्ट पारेको भन्दै उनीहरूले नयाँ ऐनलाई अध्ययन गर्न पनि उद्योगी/व्यवसायीलाई अनुरोध गरे । नयाँ ऐनका सन्दर्भमा रूपन्देही उद्योग सङ्घले आइतवार बुटवलमा आयोजना गरेको गोष्ठीमा सहभागी सरकारी अधिकारीले ऐन कार्यान्वयनको चरणमा रहेको बताए ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रशासक यामकुमारी खतिवडा, अर्थ मन्त्रालयका सह–सचिव लक्ष्मण अर्याल, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललगाय सरकारी अधिकारीले सहभागीलाई ऐनबारे  जानकारी दिएका थिए ।

क्षेत्रीय प्रशासक खतिवडा र कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी ढकाल उद्योग मन्त्रालयमा रहँदा नयाँ औद्योगिक व्यवसाय ऐनको मस्यौदा बनाउने कार्यमा संलग्न थिए । विषय विज्ञताका हिसाबले उद्योग सङ्घले उनीहरूलाई गोष्ठीमा सहजीकरणका लागि आमन्त्रण गरेको हो । उद्योगीलाई नयाँ औद्योगिक व्यवसाय ऐनका बारेमा जानकारी गराउन र ऐनमा भएका व्यवस्थाबाट लाभ लिन सहयोग पुगोस् भनेर गोष्ठीको आयोजना गरिएका उद्योग सङ्घका अध्यक्ष दिनेशराज रेग्मीले बताए ।
 
गोष्ठीमा क्षेत्रीय प्रशासक खतिवडाले ऐनले लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गर्दै सरकारले नीति निर्माण र पूर्वाधार निर्माण गर्ने तथा निजीक्षेत्रले लगानी गर्ने हो भने मुलुकमा औद्योगिक विकास हुन धेरै समय नलाग्ने बताइन् । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको काम औद्योगिक क्षेत्रले मात्र गर्न सक्ने स्पष्ट पार्दै उनले नयाँ ऐनले लघु उद्योगलाई निःशुल्क दर्ताको व्यवस्था गरेको जानकारी गराइन् ।

यस्तै, अर्थ मन्त्रालयका सह–सचिव लक्ष्मण अर्यालले नयाँ औद्योगिक व्यवसाय ऐन अर्थ र उद्योग मन्त्रालयको समन्वयमा आएकाले यसको कार्यान्वयनमा कुनै झन्झट नआउने बताए । मुलुक सङ्घीयतामा गइसकेको सन्दर्भमा समृद्धिका लागि अर्थतन्त्रको आधार खोज्नुपर्नेमा जोड दिँदै उनले वैशाखपछि बैङ्क तथा वित्तीय संस्थामा देखिएको कर्जा सङ्कुचनको समस्यामा सुधार आउने बताए ।

यस्तै, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी ढकालले नयाँ औद्योगिक व्यवसाय ऐनले उद्योगीलाई आयकरमा विशेष छूटको व्यवस्था गरेकाले यसबाट लाभ लिन आग्रह गरे । नयाँ ऐनले उद्योगको स्पष्ट वर्गीकरण, औद्योगिक उत्पादनमा बाधा पुग्ने गरी बन्द–हडताल गर्न नपाइने, महिलाले उद्योग दर्ता गराउँदा ३५ प्रतिशत छूटलगाय व्यवस्था गरेको उनले बताए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »