प्रविधि

२०७३-१२-७ मा प्रकाशित     ५०१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

मोबाइल गेमिङमा लगानी गर्दै अलिबाबा

प्रविधिको क्षेत्रमा सेवा प्रदान गरिरहेको कम्पनी अलिबाबाले मोबाइल गेमिङमा १ अर्ब चिनियाँ युआनबराबरको रकम लगानी गर्ने भएको छ । पछिल्लो समय मोबाइल गेमिङको क्षेत्रको व्यापार बलियो रहेको समयमा अलिबाबाले यो क्षेत्रमा पनि लगानीको योजना ल्याएको हो ।

कम्पनीले इण्टरनेट बेहेमोथसँग व्यापारिक सम्झौता गरेको दोस्रो दिन नै यस किसिमको योजना ल्याएको हो । अहिले अघि सारिएको योजनामा कम्पनीले १ अर्ब युआनको साउण्ड आईपी (बौद्धिक सम्पत्ति) मोबाइल गेमिङमा लगानी गर्न लागेको हो । पछिल्लो समय यस कम्पनीले ल्याएको वेब ब्राउजर, न्यूज एप यूसी न्यूज र एण्ड्रोइड एप विश्व बजारमा लोकप्रिय बन्दै गइरहेका छन् ।

अहिले ल्याइएको योजना कम्पनीको अलिबाबा क्लाउड एकाइबाट हुने बताइएको छ । यो शाखाले विश्वका विभिन्न ३० मुलुकमा सेवा प्रदान गरिरहेको कारण पनि अहिले अघि सारिएको नयाँ योजना केही प्रभावकारी हुने विश्वास गरिएको छ ।(एजेन्सी)


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »