प्रविधि

२०७३-१२-७ मा प्रकाशित     ९७८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

कसरी लिने चिन्तामुक्त ‘टेकब्रेक’

कतै तपाईं टीभीका च्यानलमा रमाइरहनु त भएको छैन ? गेममा पो भुलिरहनु भएको छ कि ? च्याटिङमा हराउनु पो हुन्छ कि ? ल्यापटप र कम्प्युटरको स्क्रिनबाट फुर्सद पो मिल्दैन कि ? यदि यसो हो भने तपाईंले आफूलाई सतर्क बनाउनु आवश्यक छ । किनकि, त्यस्ता दिनचर्या र बानीले हाम्रो मानसिक तथा शारीरिक स्वास्थ्यमा प्रतिकूल असर परिरहेको हुन्छ । यसो भन्दैमा कुनै दिन डिजिटल प्रविधिको प्रयोग नै नगर्ने भन्ने पनि हुँदैन । बेफाइदा छ भन्दैमा प्रविधिको प्रयोगबाट टाढा पनि त रहन सकिन्न । त्यसो भए यस्ता लतबाट हुने बेफाइदाबाट कसरी बच्ने त ?

समयसीमा निर्धारण गर्ने
हातमा रहेको स्मार्टफोनले हाम्रो मस्तिष्कलाई उत्पे्ररित गर्दै आंैलाहरूलाई ‘चेक मी’ भन्न थाल्छ । यो तनावले हामीलाई ‘टेक्नो सिक’ बनाइदिन्छ । त्यसैले, हरेक दिनका लागि ‘टेकब्रेक’को समय निर्धारण गरियो भने मस्तिष्कलाई यसको लतबाट अलग गर्न सकिन्छ । जस्तै– बेलुकीको खाना खाने समयभन्दा अघि १ मिनेट म्यासेज चेकका लागि समय दिनुहोस् र त्यसपछि खाना खाइन्जेल मोबाइल साइलेण्ट मोडमा राखी टेबलमा दिनुहोस्, ता कि यसले कसै गरी पनि तपाईंको ध्यान आकर्षित गर्न नसकोस् । विस्तारै तपाईंमा यसलाई प्रयोग गर्ने हतारो कम हुँदै जान्छ ।

प्राकृतिक दृश्यावलोकन गर्ने
मोबाइल फोनले हाम्रो ध्यान निरन्तर विचलित गरिदिने हुँदा यसको प्रभाव नकारात्मक हुँदै जान्छ, जसका कारण निद्रामा समस्या आउने, अस्थिरता तथा निरन्तर चिन्तामा रहने आदि समस्या हुन सक्छ । त्यसैले, केही क्षणका लागि टेकब्रेक लिँदै घुम्न बाहिर निस्कने वा प्राकृतिक दृश्यावलोकन गर्ने प्रयास ध्यान पुनःस्थापित गर्न उपयोगी हुन सक्छ ।

खुशीका स्रोत पत्ता लगाउने
तपाईंको फोनले मस्तिष्कलाई झकझकाइरहन्छ र यसलाई चेक गरिरहने लत बसाइदिन्छ । अनि पछि यही नै प्रविधिको कुलत बन्न पुग्छ । प्रविधिको प्रयोग गरिरहँदा मात्र तपाईंलाई केही खुशी भइरहेको अनुभूति हुन थाल्छ । त्यसैले, आफ्नो मस्तिष्कलाई सधैं प्रविधिमा टाँसिइरहनबाट मुक्त गर्दै आफ्नो खुशीका अन्य स्रोत पत्ता लगाउने गर्नुपर्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »