प्रविधि

२०७३-१२-७ मा प्रकाशित     ६४१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

डुअल सेल्फी क्यामेरा एफथ्री सिरिज आउँदै

स्मार्टफोन कम्पनी ओप्पोले नयाँ डुअल सेल्फी क्यामेरासहितको एफथ्री प्लस ल्याउने भएको छ । ओप्पोकै पहिलो डुअल सेल्फी क्यामेरा एफथ्रीमा १६ मेगापिक्सेल क्षमताको प्रमुख क्यामेरा र ८ मेगापिक्सेलको सब क्यामेरा हुने बताइएको छ ।

पहिलो चरणमा भारत, इण्डोनेशिया, म्यानमार, फिलिपिन्स र भियतनाम गरी पाँच प्रमुख बजारमा ओप्पोले एफथ्री सिरिजअन्तर्गतको एफथ्री प्लस एकैपटक सार्वजनिक गर्ने तयारी गरेको छ । ओप्पोका उपाध्यक्ष तथा इण्टरनेशनल मोबाइल बिजनेशका प्रबन्ध निर्देशक स्काई लीले एफथ्री सिरिजले सेल्फी प्रविधिलाई नयाँ उचाइमा लैजाँदै नयाँ ट्रेण्ड सेट गर्ने दाबी गरेका छन् ।

हालै प्रकाशित आईडीसीको रिपोर्टअनुसार २८ बजारमा उपस्थित ओप्पो १३ दशमलव २ प्रतिशत बजार हिस्साका साथ दक्षिणपूर्वी एशियाकै दोस्रो ठूलो स्मार्टफोन निर्माता बनेको छ । मार्केट रिसर्च फर्म जीएफकेका अनुसार भारतीय बजारमा ओप्पोले आफ्नो अफलाइन बजार हिस्सा १ दशमलव २ प्रतिशत (डिसेम्बर २०१५)बाट सफलतापूर्वक बढाएर १० दशमलव ९ प्रतिशत पुर्‍याएको छ । कम्पनीले यो सफलता ओप्पोको ‘सेल्फी एक्स्पर्ट’ सिरिज एफवान, एफवान प्लस र एफवानएस स्मार्टफोनको विक्रीबाट हात पारेको हो ।

ओप्पो अमेरिका, अफ्रिका, यूरोप, ओसियानिया र एशियाका उपभोक्ताको आवश्यकता र चाहनाअनुरूप नवप्रवर्तनात्मक उत्पादन उपलब्ध गराउने सोचका साथ स्थापित ब्राण्ड हो । सन् २००४मा स्थापित ओप्पोले आफ्ना उत्पादनका विवरण (डिटेल्स)माथि तीव्र चाखका कारण चाँडै आफूलाई स्थापित गर्न पनि सफल भएको थियो । सन् २००८ मा मोबाइल फोन बजारमा प्रवेशसँगै १ वर्षभित्रै ओप्पोले ओभरसिज मार्केटमा आफ्नो बजार विस्तार गरेको थियो । अहिले ओप्पोको फोन विश्वका २० भन्दा बढी बजारमा उपलब्ध छन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »