बजार

२०७३-१२-७ मा प्रकाशित     ४७२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

एनसेलको निशुल्क ट्विटर सेवा बन्द हुने

चेत ७, काठमाडौं (अस) । झण्डै दुई वर्ष ८ महीना देखि आफ्ना ग्राहकलाई निशुल्क उपलब्ध गराउँदै आएको लोकप्रीय सामाजिक सञ्जाल ट्विटर सेवा एनसेलले बन्द गर्ने भएको छ । आफ्नो मोबाइल नेटवर्कमा निशुल्क रुपमा प्रदान गर्दै आएको ट्विटर र विकिपिडिया सेवा चैत १२ गतेबाट बन्द हुने एनसेलले सोमबार बताएको छ । 

एनसेलले ट्विटरसँगको सम्झौता सकिएका कारण सेवा बन्द गरेको बताएको छ । पुन निशुल्क सेवा दिने नदिने बारेमा कम्पनीले सूचना मार्फत जानकारी गराउने बताइएको छ । एनसेलमा ट्विटर चलाउनका लागि अब डाटा प्याक मार्फत चलाउनु पर्नेछ । एनसेलको डाटा प्याकमा भने विभिन्न अफरहरु समावेश गरिएका छन् । 

ट्विटर सेवा निशुल्क भएकै कारण यसको सिम प्रयोग गर्ने ग्राहकको सङ्ख्या समेत धेरै छन् । एनसेलले आफ्नो विकिपिडिया र ट्विटर सेवा बन्द हुन लागेको बारेमा एक विज्ञप्तिमार्फत जानकारी गराउँदै ‘ग्राहकवर्गले एनसेलप्रति देखाउनुभएको अटल विश्वाश र निरन्तर सहयोगप्रति यस प्रालि हार्दिक आभार ब्यक्त गर्दछ’, भनेको छ । 

ट्विटर सेवा बन्द भएपनि एनसेलमा अर्को सामाजिक सञ्जाल फेसबुक भने निशुल्क चलाउन पाईन्छ । 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »