लगानी

२०७३-१२-७ मा प्रकाशित     १९८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

१४११ विन्दुमा नेप्से परिसूचक (१ बजेको अपडेट)

चैत ७, काठमाडौं (अस) । सोमवार नेप्से परिसूचकले १ हजार ४ सयको विन्दु पार गरेको छ । निरन्तर बढिरहेको बजारमा कारोबार रकममा पनि उच्च वृद्धि देखापरेको छ । २ घण्टाको व्यापारमा परिसूचक २ दशमलव १२ प्रतिशत अर्थात् २९ दशमलव २९ अङ्क बढेर १ हजार ४ सय ११ दशमलव ४८ विन्दुमा पुगेको हो । यस समयमा नेप्सेमा १ सय २३ कम्पनीको ३ हजार ५ सय ९७ पटकको व्यापारमा रू. ६३ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि नेप्से उकालो लागेको हो ।

बीमा समूहको परिसूचक ६ दशमलव १ प्रतिशत र होटलको ३ दशमलव ४८ प्रतिशतले बढेको छ । साथै, जलविद्युत समूहको परिसूचक १ दशमलव ६५ प्रतिशत, बैङ्किङको १ दशमलव ५९ प्रतिशत, विकास बैङ्कको १ दशमलव ५१ प्रतिशत, वित्त कम्पनीको १ दशमलव ४२ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव ३५ प्रतिशतले बढेको हो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव १३ प्रतिशतले घटेको छ ।

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

लगानी

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »