बजार

२०७३-१२-७ मा प्रकाशित     १००१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

कम लगानी छिटो आम्दानी, बङ्गुरपालनबाट खत्रीले कमाए वार्षिक दश लाख

चैत  ७, म्याग्दी । मालिका गाउँपालिका–५ दरवाङका खिमबहादुर खत्रीले बङ्गुरपालनबाट वार्षिक रू. दश लाख आम्दानी गर्दैआएका छन् ।  कतारमा तीन वर्ष काम गरेर फर्केका खत्रीले रू. ५० हजार लागतमा फार्म सञ्चालन गरेका हुन् । तीनओटा पाठापाठीबाट शुरू गरेको सो बङ्गुर फार्मको पूँजी अहिले रू. ३० लाख पुगेको छ ।

हाल उनको फार्ममा ५० ओटा बङ्गुुर रहेका छन् । उनले वार्षिक १२५ ओटाभन्दा बढी बङ्गुर र पाठापाठी विक्री गर्दैआएका छन् । उनको फार्ममा  छजनाले रोजगारी पाएका छन् । पाठापाठी पाल्नका लागि तथा हुर्किएर ठूला भएका बङ्गुर मासुका लागि विक्री गर्दै आएको उनले बताए । कम लगानीमा छिटो आम्दानी लिनका लागि बङ्गुरपालन उपयोगी माध्यम भएको खत्रीको भनाइ छ । उनलाई जिल्ला पशुसेवा कार्यालयले गत वर्ष युवा स्वरोजगार कार्यक्रमअन्तरगत रू. एक लाख अनुदान उपलब्ध गराएको थियो । सरकारले सहज रुपमा सर्भसुलभ ब्याजदरमा ऋण र बजार व्यवस्थापनका लागि सहयोग गर्न सके स्वदेशमै उद्यम व्यवसाय गर्ने वातावरण बन्ने खत्री बताउँछन् । बङ्गुरपालनसँगै उनले कुखुरापालन समेत गर्दैआएका छन् । रासस

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »