लगानी

२०७३-१२-७ मा प्रकाशित     ८६०४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

शेयर निष्कासनमा बीमा कम्पनीहरूकोे अवस्था

चैत ७, काठमाडौँ (अस) । जोखीम कम गराउने उद्धेश्यले ब्यवसाय शुरू गरेका २५ ओटा बीमा कम्पनीहरुमध्ये २२ बीमा कम्पनीले बीमा सेवासँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आवद्ध भई लगानी गर्ने सुविधा समेत दिएका छन् । लगानीकर्तालाई समय समयमा आइपिओ, हकप्रद र एफपीओे निष्कासन गरि बीमा कम्पनीले लगानी गर्ने अवसर समेत प्रदान गर्दै आएका छन् । 

यसरी लगानी गरिरहेका कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्सले रू. १ सयमा प्रिमियम बापत रू. १ हजार ३ सय २५ थप गरि रू. १ हजार ४ सय २५ अङ्कित दरका ३० लाख ९६ हजार ४ सय २९ कित्ता साधारण शेयरको फागुन २० गते बाँडफाँड गरेको थियो । हकप्रद विक्रीका लागी नेपाल लाइफ इन्स्योरेन्सले पुस १४ मा सेबोनवाट स्वीकृति पाएको थियो । त्यस्तै पुस ६ गते सेबोनवाट स्वीकृति पाएको नेको इन्स्योरेन्सले फागुन ३ गते १ बराबर १ को अनुपातमा ३२ लाख ४० हजार ४ सय ३६ दशमलव ३२ कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुल्ला गरेको थियो । 

हालसम्म सेबोनवाट स्वीकृति पाएपनि हकप्रद निष्कासन गर्न बाँकी रहेको कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । प्रभुले फागुन १२ गते हकप्रद निष्कासनका लागी सेबोनवाट स्वीकृति पाएको हो । अव प्रभुले २ बरावर १ को अनुपातमा १९ लाख २५ हजार ७९ कित्ता हकप्रद शेयर विक्री खुला गर्नेछ । यसकालागि प्रभुले चैत ६ गते बुक क्लोज गरेको छ । यसर्थ चैत ५ गतेसम्मका शेयर धनिहरुलेमात्र हकप्रदका लागि आवेदन गर्न पाउनेछन् । प्रभुको हकप्रद विक्री प्रवन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्स र एनबी इन्स्योरेन्सले पनि हकप्रद निष्कासनको अनुमतिका लागि सेबोनमा निवेदन दिएका छन् । सिद्धार्थले ५ दशमलव २ बराबर १ को अनुपातमा ८ लाख ६२ हजार १ सय २५ कित्ता र एनबी इन्स्योरेन्सले १ बराबर १ को अनुपातमा २७ करोड कित्ता हकप्रद निष्कासनका लागि सेबोनमा निवेदन दिएको हो । सिद्धार्थको लक्ष्मी क्यापिटल मार्केट र एनबीको ग्लोवल आइएमई क्यापिटल विक्री प्रबन्धकको रूपमा रहने छन् ।

यसै क्रममा एफपीओे निष्कासनका लागि अन्य दुई इन्स्योरेन्स कम्पनीहरु प्रिमियम र शिखर इन्स्योरेन्सले सेबोनमा निवेदन दिएका छन् । प्रिमियरले ६ लाख ५९ हजार ५ सय ६५ र शिखरले १३ लाख ६२ हजार ७ सय ८१ कित्ता एफपीओे निष्कासनका लागि निवेदन दिएको हो । प्रिमियरको एफपीओे विक्री प्रबन्धक एनएमवी क्यापिटल र शिखरको एनआइविएल क्यापिटल रहने छन् ।

 

 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »