लगानी

२०७३-१२-७ मा प्रकाशित     ७८२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नेप्सेमा उत्साहजनक वृद्धि, १४ सय विन्दु पार
  • १ अर्ब २६ करोडको शेयर कारोबार
  • लगानीकर्ताको सम्पत्तिमा ३.११ प्रतिशत वृद्धि

चैत ७, काठमाडौं । लामो समयपछि नेप्से परिसूचकले १ हजार ४ सय बिन्दु पार गरको छ । यस दिन कारोबार रकम र लगानीकर्ताको सम्पत्तिमा पनि उच्च वृद्धि देखिएको छ । करीब ४ महीनापछि सोमवार रू. १ अर्बभन्दा बढीको रकम कारोबार भएको हो । ठूला लगानीकर्ताहरुले बजार प्रबेश गरेपछि कारोबारमा वृद्धि भएको केही ब्रोकरहरु बताउँछन् । एकपटक फेरी बीमा कम्पनीहरुको चुक्तापूँजी बढ्ने हल्ला चलेपछि यस समूहको परिसूचक बढेको हो । तर, यस बाहेक कुनै आधिकारिक जानकारी प्राप्त नभएको उनीहरुको भनाई छ ।

बीमा कम्पनी समूहको परिसूचक ८ दशमलव ५५ प्रतिशत बढेको छ । कारोबारमा आएका सबै बीमा कम्पनीहरुको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक ५ सय ६६ अङ्क बढेको हो । बढ्ने कम्पनीहरुमा प्रिमियर, एनएलजी, एभरेष्ट र यूनाइटेड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो । यस समूहको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआइ) न्यूट्रल जोन अथवा ७४ दशमलव ३६ स्केलमा रहेको छ । यसले बजारमा बीमा कम्पनीहरुको शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । होटल समूहको परिसूचक ४ दशमलव १३ प्रतिशतले बढेको छ । ओरियण्टल होटलको शेयर मूल्य रू. १७, सोल्टीको रू. १४ र तारागाँउ रिजेन्सी होटलको रू. ९ ले बढेको छ ।

यस दिन ६ ओटा कम्पनीहरुको शेयर मूल्य १० प्रतिशत बढेको छ । जसमध्ये चार ओटा बीमा कम्पनी र दुई ओटा लघुवित्त कम्पनी (समिट माइक्रोफाइनान्स र वोमी माइक्रोफाइनान्स) रहेका छन् । साथै, अरु १८ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । सो दिन जम्मा सात ओटा कम्पनीहरुको शेयर मूल्य घटेको छ । दोस्रो त्रैमासमा उच्च नाफा कमाउन सफल भएको प्रभु बैङ्कको रू. ११ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनी राम्रो भएपनि शेयरमूल्य न्यून रहेका कारण यसप्रति लगानीकर्ता आकर्षित भएका हुन् । यस वाणिज्य बैङ्कको शेयर मूल्य रू. १५ बढेर अन्तिम मूल्य रू. ३ सय ३५ पुगेको छ । बैङ्कको ३ सय १० पटकको व्यापारमा ३ लाख ४७ हजार ३ सय ९ कित्ता शेयर किनबेच भएको हो । सोमवार कारोबारको शुरूवातदेखि निरन्तर उकालो लागिरहेको थियो । शेयर बजार अन्त्यमा ३ दशमलव शून्य ५ प्रतिशत अर्थात् ४२ दशमलव १९ अङ्क बढेर १ हजार ४ सय ३८ विन्दुमा पुगेर बन्द भएको छ । परिसूचकसँगै कारोबार रकम ८४ दशमलव ४३ प्रतिशत बढेको छ भने बजार पूँजीकरण ३ दशमलव ११ प्रतिशत बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम रू. ५८ करेड बढेर रू. १ अर्ब २६ करोड बराबरको काराबोर भएको छ भने बजार पूँजीकरण रू. १६ खर्ब १६ अर्ब पुगेको हो ।

वित्त कम्पनी समूहको परिसूचक २ दशमलव ८९ प्रतिशत र विकास बैङ्क  २ दशमलव ६४ प्रतिशत बढेको छ । साथै,जलविद्युत समूहको परिसूचक २ दशमलव ६ प्रतिशत, बैङ्किङको २ दशमलव २४ प्रतिशत र ‘अन्य’ समूहको शून्य दशमलव २६ प्रतिशत बढेको हो । हिमालयन डिष्टिलरीको शेयर मूल्य रू. २२ ले घटेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव २३ प्रतिशत घटेको हो । दिनभरीमा १ सय ४० कम्पनीको ८ हजार १ सय २२ पटकको व्यापारबाट २५ लाख २७ हजार ५ सय ३५ कित्ता शेयर किनबेच भएको छ । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३ दशमलव शून्य ७ प्रतिशत बढेर ३ सय ९ दशमलव ६० अङ्क पुगेको हो । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ६४ दशमलव ८१ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सामान्य रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो १८ दशमलव १४ अङ्क रहेको छ । यसले बजार वुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »