समाचार

२०७३-१२-७ मा प्रकाशित     २८७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

केन्द्रले देशभरिका कर्मचारीको विवरण संकलन गर्दै

चैत ७, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले देशभरिका कर्मचारीको विवरण संकलन गर्न थालेकोे छ । केन्द्रमा सम्पत्ति बुझाएका कर्मचारीको सङ्ख्या यकिन नभएपछि विवरण संकलन गर्न थालेको केन्द्रका उपसचिव परशुराम पोखरेलले बताए ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि केन्द्रले सबै मन्त्रालय, संस्थान, निकाय र सुरक्षाकर्मीको विवरण संकलन थालेको हो । “हामीलाई बुझाएको सम्पत्ति विवरणमा सम्बन्धित कार्यालयले सबै कर्मचारीको विवरण बुझाएका छैनन” उनले भने– “के कति कर्मचारी देशभरि रहेका छन् भन्ने अख्तियारले माग गरेपछि कर्मचारीको विवरण संकलन गर्न थालेका हौँ ।” उनका अनुसार सबै कर्मचारीको विवरण संकलन भएपछि कतिले सम्पत्ति विवरण नबुझाएको कुरा वास्तविक रुपमा थाहा हुनेछ । 

केन्द्रमा सम्पत्ति बुझाएका कर्मचारीको सम्बन्धित कार्यालयले दरबन्दी सङ्ख्या र कार्यरत सङ्ख्या नपठाएपछि अख्तियारले कर्मचारीको वास्तविक सङ्ख्या यकिन गर्न निर्देशन दिएको हो । केन्द्रले पाँच समूह बनाएर मन्त्रालय, संस्थान, निकाय र सुरक्षाकर्मीको विवरण अहिले संकलन गरिरहेको उपसचिव पोखरेलले बताए ।  

आर्थिक वर्ष २०७२÷७३ मा निजामती, शिक्षक, सैनिक, प्रहरी र अन्य गरी १९ हजार २ सय १३ कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिएनन् । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »