लगानी

२०७३-१२-७ मा प्रकाशित     १०३६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

  खुद नाफा बढाउँदै गएको ओरियण्टल होटलको आगामी दिनमा शेयर मूल्य बढ्ला? हेरौ कम्पनी विश्लेषण (७ चैत)

कम्पनीको २०७३/७४ को दास्रो त्रैमासमा  खुद नाफा ७ गुणाले बढेर रू. १० करोड ६० लाख पुगेको छ । सञ्चालन नाफा १ सय ५१ प्रतिशतले बढ्नाले खुद नाफा बढेको हो । त्यस्तै, होटलको गत वर्षको तुलनामा समिक्षा अवधिमा कुल आम्दानी ६० दशमलव ८६ प्रतिशतले बढेको छ । कुल आम्दानीमध्ये कोठाको आयमा ६१ दशमलव ८१ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा पेय पदार्थमा ५८ दशमलव ७८ प्रतिशतले वृिद्ध भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख गरिएको छ । होटलले लामो समय देखि बन्द भएका क्यासिनो सञ्चालनमा आएकोले  आय र नाफामा वृद्धि भएको छ । होटलले आगामी दिनमा व्याापार विस्तार गर्नको लागि होटल परिसर नजिक रहेको जग्गा  खरीद गर्ने भएको छ ।

वर्गिकरण : होटल
पछिल्लो व्यापार मूल्यः  रू. ५००
५२ हप्ताको उच्च व्यापार मूल्यः  रू.७७०
५२ हप्ताको न्यून व्यापार मूल्यः  रू ३८५
१८० दिनको औसत व्यापार मूल्य : रू.४८६.८७

कम्पनीको महत्त्वपूर्ण अनुपात

व्यवस्थापन समूह
अध्यक्ष : गोबिन्द दास श्रेष्ठ
प्रबन्ध निर्देशकः बिद्याकृष्ण श्रेष्ठ
स्टक टिकर : ओएचएल
वेबसाइट :www.orientalhotels

मैनबत्ती विश्लेषण