समाचार

२०७३-१२-७ मा प्रकाशित     ८९८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्यो

चैत ७, मुम्बई (भारत) । बेलायती बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनको भारतीय एकाइले स्थानीय मोबाइल नेटवर्क सञ्चालक कम्पनी आइडिया सेलुलरसँग गाभिन सहमति जनाएको छ । २३ अर्ब डलरमा आपूmलाई आइडियासँग गाभ्न कम्पनी सहमत भएको हो । मर्जरपछि बन्ने कम्पनीको संयुक्त ग्राहक सङ्ख्या करीब ४० करोड पुग्नेछ । यो भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हुने बताइएको । आइडियाको सञ्चालक समितिले सोमवार नै मर्जर प्रस्ताव पारित गरिसकेको छ । 

मर्जरपछि बन्ने कम्पनीमा भोडाफोनको ४५ दशमलव १ प्रतिशत शेयर हुनेछ । यसमा आदित्य बिरला ग्रूपको २६ प्रतिशत र बाँकी २८ दशमलव ९ प्रतिशत शेयर चाहिँ अन्य शेयरधनीको हुनेछ । कम्पनीमा अध्यक्ष नियुक्तिको अधिकार आइडियालाई र प्रमुख वित्तीय अधिकृत नियुक्तिको अधिकार भोडाफोनलाई रहने बताइएको छ । सम्झौता सन् २०१८ को अन्त्यसम्ममा पूरा हुने अपेक्षा गरिएको छ । 

यस सम्झौताले भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स जियो इन्फोकमले गतवर्ष फोरजी मोबाइल ब्रोडब्याड नेटवर्क लञ्च गरेपछि स्थानीय मोबाइल उद्योगमा आएको रूपान्तरणलाई उजागर गरेको छ । जीयोले महीनौंसम्म निःशुल्क सेवा दिएपछि भारतीय, भोडाफोन र आइडियासमेत आप्mना सेवाको मूल्य कटौती गर्न बाध्य भएका थिए । आइडिया सेलुलरमा मलेशियाली दूरसञ्चार कम्पनी आजियाटाको पनि शेयर छ । आजियाटाले हालै मात्रै नेपाली कम्पनी एनसेल किनेको थियो । रोयटर्स


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।

समाचार

http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »