समाचार

२०७३-१२-७ मा प्रकाशित     ४५९ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ७, काठमाडौं । वाणिज्य मन्त्रालयले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्दैै मुलुकको व्यापारघाटा कम गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ ।

वाणिज्य मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी मुलुकबाट निर्यात हुने मुख्य वस्तुको व्यापार प्रवर्द्धनमा रणनीतिक योजना बनाएर अगाडि बढेको जानकारी दिएको छ । मुलुकको अर्थतन्त्रलाई विस्तार गरेर द्विपक्षीय तथा बहुपक्षीय व्यापार एवम् पारवहनसम्बन्धी सम्झौताको नवीकरण, स्वीकृति र अनुमोदनलाई विशेष ध्यान दिएर मन्त्रालय अगाडि बढेको वाणिज्यमन्त्री रोमी गौचन थकालीले जानकारी दिए ।

उनले व्यापार सम्बद्ध पूर्वाधार संरचनाको सुधार तथा विकास तथा सूचना प्रविधिमा आधारित व्यापार प्रणालीको स्तरोन्नतिका विषयमा व्यापक सुधार गरिएको बताए । उनका अनुसार द्विपक्षीय व्यापार तथा लगानी विस्तारका क्रममा संयुक्त राज्य अमेरिकाले नेपालबाट निर्यात हुने थप ६६ उत्पादनलाई सन् २०२५ को अन्त्यसम्म सहुलियतपूर्ण बजार पहुँच सुविधा उपलब्ध गराइएको छ ।

वस्तु विकास तथा निर्यात प्रवद्र्धन र नेपाली वस्तुको निकासीका लागि भारतका भुवनेश्वर, कोलकाता र हरियाणा, चीनका सिनिङ र कुन्मिङ, भुटानको थिम्फु, पाकिस्तानको लाहोरलगायत विभिन्न गन्तव्यमा अन्तरराष्ट्रिय व्यापारमा सहभागी हुने रणनीति बनाइएको मन्त्री थकालीले उल्लेख गरे ।

उनका अनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन र बजारीकरणका लागि हस्तकला, जडीबुटीलगायत वस्तुको राष्ट्रिय र क्षेत्रीय व्यापार मेला गरिने नीति लिइएको छ । आफू मन्त्री भएको ७ महीनाको अवधिमा व्यापार सम्बद्ध नीतिगत/कानूनी सुधार तथा राय परामर्श प्रदान गरिएको उनले बताए । नेपालका अग्रज कलाकारबाट युवा पुस्ताका कलाकारमा शीप हस्तान्तरण गरी नेपाली मौलिक तथा परम्परागत कलाको संरक्षण र प्रवर्द्धन गर्न विभिन्न विषय र क्षेत्रमा रहेर तालिम सञ्चालन गरिएको पनि जानकारी दिइएको छ । व्यापारको प्रमुख संवाहकका रुपमा रहेका निजी क्षेत्रमैत्री व्यापार, लगानी तथा औद्योगिक नीति कार्यान्वयनमा ल्याइने उल्लेख गर्दै मन्त्री थकालीले मन्त्रालयको सेवालाई गुणस्तरीय बनाइने अठोट व्यक्त गरे ।

मन्त्रालयले व्यापारका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा पनि जोड दिइएको र त्यसलाई अगाडि बढाउन अन्य मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढिएको उनले जानकारी दिए । व्यापार प्रवर्द्धनमार्फत विद्यमान व्यापारघाटा कम गर्न आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले निजी क्षेत्रका उद्यमी तथा व्यवसायीलाई स्वच्छ मनले आफ्ना उत्पादन बजारमा लैजान आग्रह गरे । रासस


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

निजीक्षेत्रको खुशीकोे प्रश्न
छिनछिनमा क्रिकेटको स्कोर हेरेजसरी चुनावी जीतहारको स्कोर हेर्दाहेर्दै ऐतिहासिक चुनावको एक अध्यायको समापन पनि हेरियो । चुनाव जित्नेहरु स्वाभाविक रुपमा खुशी छन् । तर, सबै नेपाली . . . विस्तृतमा »