अन्तरराष्ट्रिय

२०७३-१२-८ मा प्रकाशित     ९३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ७, नैरोवी (अफ्रिका) । विश्व बैङ्कले अफ्रिकालाई ५७ अर्ब डलरबराबरको ऋण प्रदान गर्ने घोषणा गरेको छ । आगामी तीनओटा आर्थिक वर्षभित्र उपसहारा अफ्रिकालाई बैङ्कले सो रकम सहयोग गर्ने भएको हो । विश्व बैङ्कले विश्वका सबैभन्दा गरीब राष्ट्रहरूलाई ब्याजरहित ऋण सहयोग प्रदान गर्दै आएको छ । कुल सहयोगमध्ये ४५ अर्ब डलर अन्तरराष्ट्रिय विकास सङ्गठनले प्रदान गर्ने भएको छ ।त्यस्तै निजीक्षेत्रमा गरिने ८ अर्ब डलरबराबरको लगानी विश्व बैङ्कको निजीक्षेत्रको शाखा इण्टरनेशनल फाइनान्स कोअपरेशनले गर्नेछ भने ४ अर्ब डलर बैङ्कको मध्य आम्दानी भएका राष्ट्रको गतिविधि हेर्ने एकाइ विकास र पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय बैङ्कले प्रदान गर्ने बैङ्कका अध्यक्ष जिम योङ किमले बताएका छन् । अफ्रिकामा शिक्षा, आधारभूत स्वास्थ्य, सेवा, स्वच्छ पानी तथा सरसफाइ, कृषि, व्यावसायिक वातावरण, पूर्वाधार र संस्थागत सुधारलगायतका कार्यक्रम विस्तारमा सो सहयोग रकम उपयोग गरिने बताइएको छ । रासस/एएफपी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »