अन्तरराष्ट्रिय

२०७३-१२-८ मा प्रकाशित     १५३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ७, नयाँ दिल्ली (भारत) । चिनियाँ बहुराष्ट्रिय दूरसञ्चार उपकरण निर्माता कम्पनी जेड्टीईले भारतीय बजारमा नयाँ स्मार्टफोन नुबिया जेड्११ मिनी एस् लञ्च गरेको छ । कम्पनीले सोमवार ५.२ इञ्चको डिस्प्ले भएको सो फोन लञ्च गरेको हो । यसको मूल्य १६ हजार ९ सय ९९ रुपया कायम गरिएको छ । यो फोन मङ्गलवार साँझदेखि अनलाइन रिटेल कम्पनी अमेजनमा विक्रीका लागि उपलब्ध हुनेछ ।

यो फोनको पछाडिपट्टि सोनी आईएम्एक्स३१८ एक्समोर आरएस सेन्सर, फेस डिटेक्शन अटोफोक (पीडीएएफ) र कण्ट्राष्ट अटोफोकसका साथमा २३ मेगापिक्सलको क्यामरा छ । फोनको अगाडिपट्टि भने सोनी आईएमएक्स२५८ सीएम्ओएस्, पीडीएएफ, एफ/२.० अपर्चर, कण्ट्राष्ट अटोफोकस र ८० डिग्री वाइड एङ्गल लेन्सयुक्त १३ मेगापिक्सलको क्यामरा राखिएको छ । दुईओटा सिम चलाउन मिल्ने यस फोन एण्ड्रोइड ६.० मार्शमेलोमा चल्छ । फोनमा ३ हजार एम्एएच्को निकाल्न नसकिने ब्याट्री राखिएको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »