अन्तरराष्ट्रिय

२०७३-१२-८ मा प्रकाशित     ८३ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ७, पेरिस (फ्रान्स) । फ्रान्सेली अनुसन्धानकर्ताहरूले फ्रान्समा विक्री भएको जर्मन कार उत्पादक कम्पनी ओपेलमा उत्सर्जन धोकाधडीको प्रमाण नभेटिएको बताएका छन् । यद्यपि, फ्रान्सेली कार उत्पादक कम्पनीहरू रेनो, पिउगट–साइट्रोज, इटलीको कार कम्पनी फियाट र जर्मन कारनिर्माता कम्पनी फक्सवागनमा भने उत्सर्जन घोटाला भएको अनुसन्धानका क्रममा पाइएको उनीहरूले बताएका छन् । त्यहाँको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ओपेलविरुद्ध कुनै पनि प्रमाण फेला नपरेका कारण मन्त्रालयले उपभोक्ता फ्रड एजेन्सीले ऊविरुद्धको अनुसन्धान बन्द गरेको बताएको छ ।

दोषी पाइएका कम्पनीलाई के गर्ने भन्ने कुराको निर्णय फ्रान्सेली न्याय प्रणालीको हातमा रहेको बताइएको छ । अन्य कम्पनीहरूमाथि पनि यस्तै अनुसन्धान भइरहेको मन्त्रालयले जानकारी दिएको छ । सन् २०१५ मा फक्सवागनले अमेरिकी उत्सर्जन परीक्षणलाई धोका दिन कम उत्सर्जन भएको देखाउने सफ्टवेयर जडान गरेको पाइएपछि पछिल्लो समय कार कम्पनीमाथि अनुसन्धानले तीव्रता पाएको हो । रासस/एपी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »