अन्तरराष्ट्रिय

२०७३-१२-८ मा प्रकाशित     २५५ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

भारतमा दोस्रो उत्पादन केन्द्र बनाउँदै शियाओमी

चैत ७, नयाँ दिल्ली (भारत) । चिनियाँ ह्याण्डसेट निर्माता कम्पनी शियाओमीले भारतमा आफ्नो दोस्रो उत्पादन केन्द्र निर्माण गर्ने भएको छ । यसका लागि कम्पनीले ताइवानी बहुराष्ट्रिय इलेक्ट्रोनिक्स कम्पनी फक्सनसँग साझेदारी गरेको पनि बताइएको छ । सो उत्पादन केन्द्र आन्ध्र प्रदेशको श्री सिटीमा निर्माण गरिने भएको हो । सन् २०१४ मा भारतीय बजारमा प्रवेश गरेको शियाओमीले त्यहाँ छिरेको १ वर्षको छोटो अवधिमै स्थानीय उत्पादन केन्द्र सञ्चालनमा ल्याएको थियो ।

नयाँ उत्पादन केन्द्र पूर्ण रूपमा शियाओमीका उत्पादन निर्माणमा मात्र केन्द्रित रहनेछ भने पुरानामा फक्सनले अन्य विक्रेताको ह्याण्डसेटसमेत बनाउने बताइएको छ । लगानीबारे विस्तृत विवरण दिन अस्वीकार गर्दै शियाओमीले भारतमा कम्पनीले प्रतिसेकेण्ड एक मोबाइल उत्पादन गर्ने लक्ष्य लिएको जानकारी दिएको छ । शियाओमीका दुईओटा उत्पादन केन्द्रले करीब ५ हजार जनालाई रोजगारी दिनेछ भने यसमध्ये ९० प्रतिशत रोजगारीमा महिला संलग्न रहने बताइएको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »