अन्तरराष्ट्रिय

२०७३-१२-८ मा प्रकाशित     १९७ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

भारतमा क्वालकमको ४ जी फिचर फोन उपयोगी चिपसेट सार्वजनिक

चैत ७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय सेमिकण्डक्टर तथा दूरसञ्चारीय उपकरण निर्माता कम्पनी क्वालकमले भारतमा ४जी फिचर फोन निर्माणमा प्रयोग हुने चिपसेट क्वालकम २०५ सार्वजनिक गरेको छ । सो चिपसेटको मूल्य ५० डलर रहने अनुमान गरिएको छ । भारत तथा दक्षिण एशियाली राष्ट्रमा दूरसञ्चारीय प्रविधिको वृद्धिका लागि प्रशस्त सम्भावना रहेको पाइएको छ । ४जीको अभिग्रहणमा भएको वृद्घि र फिचर फोन प्रयोगको विस्तारका कारण यस क्षेत्रमा दूरसञ्चारीय प्रविधि विस्तारको प्रशस्त सम्भावना देखिएको छ ।

क्वालकम २०५ ४जी फिचर फोन निर्माणका लागि आवश्यक पर्ने चिपसेट हो । कम्पनीले यसका लागि रिलायन्स जियो, माइक्रोम्याक्स, बोक्र्स, मेगाफोन, फ्लेक्ट्रोनिक्स जस्ता विक्रेतासँग साझेदारी गरेकोसमेत बताएको छ । यी कम्पीनले भारतमा आफ्ना ४जी फिचर फोन विक्री गर्ने योजना बनाएका छन् । यो वर्षको दोस्रो त्रैमाससम्म ४जी फिचर फोन बजारमा उपलब्ध हुने बताइएको छ ।

यो चिपसेटले १ सय ५० मेगाबिट प्रतिसेकेण्डका हिसाबले डाउनलोड स्पिडलाई सपोर्ट गर्नुका साथै २जी, थ्रीजी र ४जीलाई नेटवर्कमाथि पनि पहुँच बढाउने बताइएको छ । यससँगै यसले ३ मेगापिक्सल रियर र फ्रण्ट क्यामरा, ड्युल सिम, हाइडेफिनिशन भिडियो स्ट्रिमिङ्, भीजीए डिस्प्ले र लिनक्समा आधारित अपरेटिङ सिष्टमलाई सपोर्ट गर्ने बताइएको छ । भारतलाई यो चिपसेटको लञ्चिङ प्लेटफर्मका रूपमा लिइएको भए पनि यसमा अन्य क्षेत्रको समेत रुचि रहेको पाइएको छ । यो चिपसेट अरू राष्ट्रका अधिकांश विक्रेताकहाँ पठाइसकेको बताइएको छ । रासस/पीटीआई


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »