अन्तरराष्ट्रिय

२०७३-१२-८ मा प्रकाशित     ४३१ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

विश्व बजारमा कालो चियाको अभाव

चैत ७, नयाँ दिल्ली (भारत) । विश्व बजारमा कालो चियाको अभाव हुन थालेको छ । भारतको उत्पादनमा झीनो वृद्धि हुँदाहुँदै पनि बजारमा आपूर्ति कम भएको एक प्रतिवेदनले देखाएको छ । ‘विभिन्न देशबाट सङ्कलन गरिएका आधिकारिक तथ्याङ्कअनुसार यो वर्षको अहिलेसम्मको अवधिमा विश्वमा ८ करोड ५५ लाख ५० हजार केजी कालो चियाको उत्पादन भएको छ । गतवर्षको सोही अवधिमा भने यसको उत्पादन १० करोड ४८ लाख ५० हजार केजी थियो,’ भारतीय व्यावसायिक समाचार पत्रिका बिजनेश लाइनलाई वार्षिक ग्लोबल टी डाइजेष्टका सङ्कलनकर्ता राजेश गुप्ताले भने ।

गतवर्षको तुलनामा यस वर्ष बजारमा कालो चिया अभाव १८ दशमलव ४० प्रतिशत छ । विश्वका दुई ठूला उत्पादक केन्या र श्रीलङ्काको उत्पादनमा कमी आउँदा यस्तो भएको प्रतिवेदनमा बताइएको छ । सो अवधिमा केन्या र श्रीलङ्काको चिया उत्पादन क्रमशः १ करोड ७३ लाख २० हजार केजी र ३८ लाख ३० हजार केजीले घटेको तथ्याङ्क छ । कुनै समय भारत विश्वको सबैभन्दा ठूलो चिया उत्पादकका रूपमा रहेको थियो । अहिले भने यो केन्या र श्रीलङ्कापछि तेस्रो स्थानमा रहेको छ । एजेन्सी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »