अन्तरराष्ट्रिय

२०७३-१२-८ मा प्रकाशित     १५८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

एशियाली बजारमा कमी

चैत ७, टोकियो (जापान) । सोमवार अधिकांश एशियाली बजार ओरालो लागेको छ । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भ (फेड)ले यो वर्ष अनुमान गरेकोभन्दा सुस्त दरमा ब्याजदर बढ्ने सङ्केत दिएपछि डलरको भाउ दबाबमा परेका कारण बजारमा कमी आएको हो । यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर कटौती गर्ने र खर्च बढाउने जस्ता प्रतिबद्धताले पनि लगानीकर्ता चनाखो बनेको पाइएको छ ।

ट्रम्पको करसम्बन्धी योजनाको ढिलाइका कारण अमेरिकी तथ्याङ्कहरू निराशाजनक बने भने त्यसले जोखीम निम्त्याउन सक्ने देखिएको छ । उक्त दिनको कारोबारमा अधिकांश एशियाली बजारले कमी बेहोरेको थियो । हङकङको शेयर परिसूचक हाङ सेङको भाउ शून्य दशमलव ८ प्रतिशतले बढेर २४ हजार ५ सय १ दशमलव ९९ अङ्कमा उक्लिएको थियो । सूचकको यो आकार सन् २०१५ को अगष्टयताकै उच्च हो ।

त्यस्तै चिनियाँ सूचक साङ्हाई कम्पोजिट इण्डेक्स पनि शून्य दशमलव ४ प्रतिशतले बढेर ३ हजार २ सय ५० दशमलव ८१ अङ्कमा पुगेको थियो । जापानी शेयर बजार भने बिदाका कारण बन्द थियो । यद्यपि, कोरियाली सूचक कोस्पी र अष्ट्रेलियाली सूचक एएसएक्स शून्य दशमलव ४ प्रतिशतले घटेको थियो । सिङ्गापुरको शेयर सूचकले पनि शून्य दशमलव ५ प्रतिशतको कमी हासिल गरेको थियो ।

त्यस्तै यूरोपेली बजारको कुरा गर्दा सोमवार बेलायती सूचकले शून्य दशमलव ३ प्रतिशतको कमी बेहोरेको थियो भने जर्मनी र फ्रान्सेली सूचक पनि शून्य दशमलव ४ प्रतिशतले घटेको थियो । गत बुधवार फेडले प्रमुख बेञ्चमार्क बढाएसँगै दबाबमा परिरहेको डलरको भाउ सोमवार पनि मुद्रा डालोमा रहेका अधिकांश मुद्राको तुलनामा केही कमी आएको थियो । यससँगै फेडले यो वर्ष थप दुईपटक ब्याज बढाउने सङ्केत पनि दिएको छ । रासस/एएफपी


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »