अन्तरराष्ट्रिय

२०७३-१२-८ मा प्रकाशित     ११४८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नर्वे विश्वकै सबैभन्दा खुशी देश

चैत ७, वाशिङटन डीसी (अमेरिका) । हरेक मानिसले खुशी र सुखको कल्पना गरिरहेको हुन्छ । खुशी पाउनकै लागि हामी विभिन्न क्रियाकलाप गरिरहेका हुन्छौं । पैसा भयो भने आफू खुशी हुन सक्छौं भन्ने धारणा धेरै मानिसमा व्याप्त छ । हालै सार्वजनिक एक प्रतिवेदनले भने पैसा भएर मात्रै मानिसहरू खुशी नहुने प्रमाणित गरिदिएको छ । सबैभन्दा राम्रो सार्वजनिक सेवा, राजनीतिक स्थिरतालगायत कुराका लागि प्रख्यात नर्वे यस धर्तीको सबैभन्दा सुखी राष्ट्र रहेको एक प्रतिवेदनले देखाएको छ ।

सष्टेनेबल डेभलपमेण्ट सोलुशन्स नेटवर्कले सार्वजनिक गरेको ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’ शीर्षकको प्रतिवेदनअनुसार ७ दशमलव ५३७ अङ्कसहित नर्वे सूचीको शीर्ष स्थानमा रहेको छ । गतवर्षको तुलनामा तीन स्थान माथि उक्लिएर नर्वे उक्त स्थानमा आएको हो । पछिल्लो समय विश्व बजारमा तेलको भाउ घटेको भए पनि तेल निर्यातमा निर्भर नर्वे शीर्ष स्थानमा रहन सफल भएको छ । यसले खुशीका लागि पैसाभन्दा पनि अरू नै कुरा चाहिँदो रहेछ भन्ने स्पष्ट पारेको छ ।

गतवर्ष सूचीको शीर्ष स्थानमा रहेको डेनमार्क अहिले दोस्रो स्थानमा झरेको छ । विगत चार वर्षमध्ये तीन वर्षको सूचीमा डेनमार्क शीर्ष स्थानमा रहेको थियो । सूचीको तेस्रोदेखि १०औं स्थानसम्म आइसल्याण्ड, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, नेदरल्याण्ड, क्यानाडा, न्यूजिल्याण्ड, अष्ट्रेलिया र स्वीडेन रहेका छन् । विश्वकै सर्वाधिक शक्तिशाली एवम् आर्थिक दृष्टिले धनी मानिने अमेरिका भने सूचीको १४औं स्थानमा छ । बितेको १ दशकमा अमेरिकीहरूको प्रतिव्यक्ति आयमा मनग्गे वृद्धि भए पनि यिनीहरूको खुशी भने घटेको छ ।

त्यस्तैगरी सूचीका पुछारमा परेको देशलाई सबैभन्दा दुःखी मान्दा केन्द्रीय अफ्रिकी गणतन्त्र विश्वकै सबैभन्दा दुःखी देश हो । २ दशमलव ६९ अङ्क प्राप्त गरी यो सूचीको निम्नस्थानमा रहेको छ । सबैभन्दा दुःखी देशको सूचीमा बुरुण्डी, ताञ्जानिया, सिरिया, रुवाण्डा, टोगो, गिनी, लाइबेरिया, दक्षिणी सुडान र येमन दूःखी राष्ट्रको दोस्रोदेखि १०औं स्थानमा छन् । सूचीमा १ सय ५५ देश समावेश गरिएको थियो । रासस/एपी

नेपाल ९९औं स्थानमा
यस वर्षको सूचीमा नेपाल ९९औं स्थानमा परेको छ । नेपाल ४ दशमलव ९६२ अङ्कसहित उक्त स्थानमा रहेको हो । नेपालभन्दा माथि क्रिगिस्तान र तल मङ्गोलिया रहेका छन् । छिमेकी देश चीन र भारत क्रमशः ५ दशमलव २७३ अङ्क र ४ दशमलव ३१५ अङ्कसहित सूचीको ७९औं र १ सय २२औं स्थानमा छन् । त्यस्तैगरी पाकिस्तान, बङ्गलादेश, भुटान, माल्दिभ्स र श्रीलङ्का क्रमशः ८०औं, १ सय १०औं, ९७औं र १ सय २०औं स्थानमा रहेका छन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »