बजार

२०७३-१२-८ मा प्रकाशित     ३१६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ७, रूपन्देही । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि रूपन्देहीमा यो वर्षका लागि करीब २१ करोड रुपैयाँ बजेट आएको छ । सरकारले उक्त परियोजनाअन्तर्गत रूपन्देहीमा पहिलोपटक मत्स्य जोन, पकेट र ब्लकका कार्यक्रम लागू गरेको छ । पकेट, जोन र ब्लक गरी तीन कार्यक्रमका लागि २० करोड ५८ लाख ८७ हजार रुपैयाँ आएको हो ।

जिल्लामा पहिलो पटक कृषिलाई व्यवसायीकरण गर्न ल्याइएको परियोजना १० वर्षसम्म सञ्चालन हुनेछ । पहिलो वर्षका लागि उक्त २० करोड ५८ लाख रूपैयाँ सरकारले विनियोजन गरेको हो । परियोजनाबाट १० वर्षमा रूपन्देहीलाई माछा, धान र तरकारी उत्पादनको नमूना जिल्ला बनाउने राज्यको लक्ष्य छ ।

जिल्ला कृषि विकास कार्यालय रूपन्देहीका कार्यालय प्रमुख भोजराज सापकोटाले व्यावसायिक कृषि उत्पादनका लागि उक्त बजेट आएको बताए । कार्यालयले तीनओटै परियोजनाको काम तीव्र रूपमा अगाडि बढाएको उनको भनाइ छ । सापकोटाका अनुसार जोनका लागि १७ करोड ६८ लाख ९९ हजार, पकेटका लागि १ करोड ७८ लाख ३ हजार, ब्लकका लागि १ करोड ११ लाख ८५ हजार रुपैयाँ विनियोजना गरिएको छ ।

सापकोटाले भने, ‘अब कृषिमा केही गर्छु भन्ने किसानलाई आर्थिक अभावले मन खुम्चाउनुपर्ने अवस्था हट्यो ।’ मत्स्य पोखरी, नर्सरी, तरकारी र धानको ब्लक निर्माण र उत्पादनका लागि उक्त रकम कृषकलाई अनुदानका रूपमा दिइने छ । त्यसका लागि छुट्टाछुट्टै समिति गठन गरी विभिन्न प्रक्रिया अपनाई कार्य हुनेछ ।

परियोजना सञ्चालन भएका गाविस/क्षेत्रका कृषक समूह, सहकारी, कुषि उद्यमी तथा व्यवसायीबाट जोन सञ्चालन समितिहरू गठन गर्ने कार्ययोजनामा उल्लेख छ । यो वर्ष जिल्लाका ८ गाविस दयानगर, पश्चिम अमुवा, मानमटेरिया, सुर्यपुरा, धमौली, कमहरिया, मैनाहिया र हर्नैयामा मत्स्य जोन कार्यक्रम लागू भएको छ ।

जिल्लामा पहिलो पटक कृषि क्षेत्रमा ठूलो रकमको बजेट आएकाले धेरै किसानको सहभागिता र कार्यक्रमका बारेमा जानकारी दिन कार्यक्रम सञ्चालन गरेको परियोजनाका प्रमुख मकबुल अलीले जानकारी दिए । परियोजनाअन्तर्गत ५ सय हेक्टरमा माछा जोन कार्यक्रम लागू भएको छ । कृषि विकास कार्यालयअन्तर्गत १ सय हेक्टरमा माछा र धानको ब्लक र १ सय हेक्टरमा ६० ओटा पकेट क्षेत्र रहनेछ । जिल्लामा अहिले करीब १ हजार हेक्टर क्षेत्रमा माछापालन हुँदै आएको छ, जसमा माछा र धानका लागि ३० हेक्टर र अन्य बाली ३० हेक्टर गरेर पकेट क्षेत्र कार्यक्रम आएको परियोजनाले जानकारी दिएको छ । यी क्षेत्रमा यो वर्षभित्र थप ५ सय हेक्टर नयाँ पोखरी निर्माण गर्नुपर्ने परियोजना इकाइ जोनका प्रमुख अलीले जानकारी दिए । पकेटको कार्यक्रम जिल्लाभरि नै सञ्चालन हुनेछ भने दुईओटा ब्लक कार्यक्रमअन्तर्गत धान–असुरैना र मर्चवार, माछा सिक्टहन र छोटकी रामनगरमा सञ्चालन हुनेछ ।

पकेट र ब्लकको कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने र आवश्यकता हेरेर अगाडि बढाइने सापकोटाले बताए । उनले भारतबाट आउने सस्तो मूल्यको बजारसँग प्रतिस्पर्धा गर्न र कृषिलाई आधुनिकीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले सहयोग मिल्ने बताए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »