बजार

२०७३-१२-८ मा प्रकाशित     २७८ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत ७, काठमाडौं (अस) । नेपाल आयाल निगम (एनओसी) ले संसदीय व्यवस्था समितिको निर्देशनलाई अटेर गर्ने सम्बद्ध अधिकारीले बताएका छन् । उपभोक्ता हितसम्बन्धी संसदीय व्यवस्था उपसमितिको सोमवार सम्पन्न बैठकका सहभागीले यस्तो कुरा बताएका हुन् ।

बैठकमा आपूर्ति सचिव, नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङका पदाधिकारीलगायत सहभागी थिए । आपूर्ति तथा उपभोक्ता हितसम्बन्धी संसदीय व्यवस्था उपसमितिले पेट्रोलियम पदार्थको मूल्य घटाउन दिएको निर्देशन निगमले नमानेको हो । नेपालमा विक्री हुने पेट्रोलियम पदार्थको विक्री मूल्य भारतीय सीमावर्ती बजारको भन्दा सस्तो हुन नहुने भनिएकोमा हालसम्म पनि त्यसको पालना नभएकोमा सहभागीले गुनासो गरेका थिए ।

बैठकमा सहभागीले सरकारले सङ्कलन गरेको प्रदूषण नियन्त्रण शुल्कबापत सङ्कलन भएको ३ अर्ब रुपैयाँको मौज्दात खर्च नभएकोमा पनि प्रश्न गरेका थिए ।

त्यसबाहेक मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले मूल्य स्थिरीकरण कोषमा सङ्कलन गरेको ३ अर्ब ५१ करोडभन्दा बढी रकम र भारतबाट विभिन्न डिपोबाट निगमको डिपोसम्म आपूर्ति गर्दा लाग्ने बीमा खर्चसमेत पारदर्शी हुनुपर्नेमा सदस्यले जोड दिएका थिए । आपूर्ति तथा उपभोक्ता हितसम्बन्धी संसदीय व्यवस्था उपसमितिले भारतीय आयल निगमको डिपोदेखि एनओसीको डिपोसम्म र एनओसीको एक डिपोदेखि अर्काे डिपोसम्म लाग्ने ढुवानी भाडालाई पारदर्शी बनाई प्रशासनिक खर्च, प्राविधिक नोक्सानी र वास्तविक खर्चसमेत स्पष्ट हुनेगरी विवरण तयार गर्न निगमलाई निर्देशन दिएको छ । आपूर्ति सचिव प्रेम राईले बैठकमा निगमसम्बन्धी उठेका सबै जिज्ञासाको चित्तबुझ्दो जवाफ दिने बताए ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »