बजार

२०७३-१२-८ मा प्रकाशित     १३६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

 नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको अध्यक्षमा महर्जन

चैत ७, काठमाडौं (अस) । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको अध्यक्षमा रमेश महर्जन चयन भएका छन् । सङ्घको पोखरामा सम्पन्न चौथो वार्षिक साधारणसभा एवम् दोस्रो राष्ट्रिय सम्मेलनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको विशिष्ट सदस्यमा सुरेशमान श्रेष्ठ, प्रथम उपाध्यक्षमा रुद्रबहादुर बराइली, द्वितीय उपाध्यक्षमा महेशमान श्रेष्ठ, तृतीय उपाध्यक्षमा अमरनाथ गुप्ता, महासचिवमा कृष्णलाल महर्जन, सचिवद्वयमा राजमान सुनार तथा किसान सुनार, कोषाध्यक्षमा द्वारिका विश्वकर्मा, सहकोषाध्यक्षमा जयराम पाण्डे एवम् सदस्यमा विशन शाक्य, मीनबहादुर तामाङ, सुधीर अग्रवाल, विमल धमला, सुमनमान ताम्राकार, अशोककुमार साह, घनश्याम रिजाल, मणिकिशोर पाण्डे चयन भएका छन् । साथै, सभाले विधानसमेत संशोधन गरेको छ । संशोधित विधानअनुसार महासङ्घको संरचनालाई प्रादेशिकस्तरमा विस्तार गरिने भएको छ । सङ्घको संशोधित विधानअनुरूप देवीलाल विक, ऋषिकुमार ठाकुर, सोपबहादुर विक, नवराज रिजाल, अर्जुन विश्वकर्मा, शत्रुधन गुप्ता, युवानन्द बज्रचार्य, विद्यासागर ताम्राकार सदस्यमा चयन भएका छन् ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »