बजार

२०७३-१२-८ मा प्रकाशित     ५०४ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

अन्तरराष्ट्रिय व्यापार मेला सम्पन्न :१८ करोडको व्यवसाय, २ लाख अवलोकनकर्ता

चैत ७, काठमाडौं (अस) । ‘छैटौं नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०१७’ झण्डै १८ करोड रुपैयाँबराबरको व्यवसाय गर्दै सम्पन्न भएको छ । मेलामा २ लाखभन्दा बढी अवलोकनकर्ता सहभागी भएको मेला आयोजक समितिका सभापति केशव पाण्डेले जानकारी दिएका छन् । चैत ३ गतेदेखि ५ दिनसम्म सञ्चालन भएको उक्त मेला सोमवार सम्पन्न भएको हो ।

मेलामा हर्बल उत्पादनको आयात निर्यातका विषयमा अन्तरक्रिया हुनुका साथै व्यक्तिगत व्यवसायीले आफ्ना उत्पादनको व्यापार व्यवसाय विस्तारका लागि सम्झौतासमेत गरेका छन् । नेपाली उद्यमी तथा व्यवसायीले चीन र बङ्लादेशबाट आएका उद्योगी व्यवसायीसँग सम्झौता गरेको मेला आयोजक समितिका सभापति पाण्डेले जानकारी दिएका हुन् ।

मेलामा चीनका ७६, भारतका १०, पाकिस्तानका २१, थाइल्याण्डका २, बङ्लादेशका ४२ स्टल रहेका थिए । १ सय ८९ ओटा स्वदेशी स्टल रहेको उक्त मेलामा उच्च पहाडी कृषि बाली, जडीबुटी उत्पादन, अल्लोका वस्तु साथै जब फेयर प्रमुख अकर्षणको केन्द्र बनेको पाण्डेले बताए । त्यस्तै, मेलामा खाद्यान्न, लत्ताकपडा, फर्निचर, सेवा क्षेत्रका विविध स्टलहरू, सञ्चारमाध्यमका सामग्री, हस्तकलाका सामानहरू राखिएका थिए ।

मेलामा ७० स्टलमार्फत महासङ्घको कृषि उद्यम केन्द्रअन्तर्गतको उत्पादन प्रदर्शनीका लागि राखिएको थियो । विदेशी स्टलहरूमा मुख्य गरी बङ्लादेश र पाकिस्तानको स्टलमा दर्शकको बढी भीड देखिएको आयोजकले बताएका छन् । ‘नेपाली वस्तु प्रवद्र्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मूल नाराका साथ सञ्चालित उक्त मेला वाणिज्य मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको हो ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »