यातायात

२०७३-१२-८ मा प्रकाशित     ६४२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

टीभीएसको कम्युटरबाइक भिक्टर ११०

टीभीएस मोटर्सको नयाँ कम्युटर मोटरसाइकल भिक्टर ११० सीसी कम्युटर बाइक भिक्टर ११० को नयाँ भर्शन हो । टीभीएस भिक्टरको परिष्कृत भर्शनमा धेरै परिवर्तन देख्न सकिन्छ । मोटरसाइकलको डिजाइन र स्टाइलिङमा पूरै नयाँपन दिइएको छ । नयाँ भिक्टरमा १ सय १० सीसी क्षमताको सिङ्गल सिलिण्डर र एयर कुल्ड इञ्जिनको प्रयोग गरिएको छ । यसले ९ दशमलव ४ बीएचपीको शक्ति र ९ दशमलव ४ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ ।

इञ्जिनमा फोर स्पिड गियर बक्स जडान गरिएको छ । यसको निर्माणमा कम्पनीले सिङ्गल क्रेडल ट्युबलर फ्रेमको प्रयोग गरेको छ । मोटरसाइकलको ह्विलबेस १ हजार २ सय ६० एमएम र ग्राउण्ड क्लियरेन्स १ सय ७५ एमएम छ । मोटरसाइकलमा टेलिस्कोपिक फ्रण्ट फोर्क र आवश्यकताअनुसार समायोजन गर्न सकिने हाइड्रोलिक रियर स्प्रिङ्को प्रयोग गरिएको छ ।

नयाँ भिक्टर डुअल ड्रम र अप्सनल फ्रण्ट डिस्क ब्रेकका साथ बजारमा उपलब्ध छ । ६ भिन्न रङमा सार्वजनिक गरिएको यो मोटरसाइकलले प्रतिलिटर ७६ किलोमिटरको माइलेज दिने कम्पनीको दाबी छ । यसमा कम्पनीले ८ लिटर क्षमताको इन्धन ट्याङ्क जडान गरेको छ । (एजेन्सी)


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »