यातायात

२०७३-१२-८ मा प्रकाशित     ८४२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

किन परिवर्तन गर्ने ‘इञ्जिन आयल’ ?

लामो समयको कार्य पश्चात स्वभाविक रुपमा उत्पन्न हुने तापका कारण इञ्जिन आयलको क्षमतामा ह्रास आउँछ । यसो हुँदा ल्यूब्रिकेन्टका रुपमा यो कम प्रभावशाली हुन्छ । राम्रो लुव्रिकेन्टको अभावमा ईञ्जिनका पार्टपुर्जा विच एक अर्कोमा घर्षण हुन्छ । जसले गर्दा समय अन्तरालमा यीनीहरु खिइदै जान्छन् । आयलमा रहेका अन्य रसायनले तेजावलाई निश्क्रिय पार्ने कार्य पनि गर्छ । तर, समय अन्तरालमा यसको असर खतम हुँदै जाने हुँदा यसले कार्य गर्न छाड्छ ।

आयलले पानी, धुलोका कणहरु, ताप र चापका कारण उत्पन्न हुने अतिरिक्त फोहर सोसेर निस्क्रिय पार्ने काम पनि गर्छ । समयसँगै यी फोहरहरु यसमा मिस्सिदै जाँदा यसको सोस्ने शक्तिमा हस आउँछ र विस्तारै यो खियाको कारण पनि बन्छ ।

आयल परिवर्तन नगरे के हुन्छ ?
छोटो समयमा खासै असर नगरेता पनि समय अन्तरालमा ईञ्जिन, क्रयाङ्क केश, क्यामसाफ्ट, भल्भ लगायतमा यो जम्न थाल्छ । यसको समयमै उपचार नगरिए ईञ्जिन सफा गर्न धेरै मुल्य चुकाउनुपर्ने हुन सक्छ । साथै, पिस्टन रिङमा खरावी आई यसलाई परिवर्तन गर्नुपर्ने पनि हुन सक्छ । यदी यसो गर्नु परेमा आयल परिवर्तन गर्नुको तुलनमा अधिक मुल्य चुकाउनुपर्ने हुन्छ । तसर्थ, समय समयमा आयल परिवर्तन गर्नु ईञ्जिन तथा तपाईको खर्चका लागि फाइदाजनक हुन्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »