लगानी

२०७३-१२-८ मा प्रकाशित     ५४७६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

नेपाल बङ्गलादेश बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, ८ चैत २०७३)

प्रमुख गतिविधि :

 

गत कात्तिक ८ गते सम्पन्न कम्पनीको २२औं वार्षिक साधारणसभाले लगानीकर्तालाई ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका निमित्त १ दशमलव ६८ प्रतिशत नगद लाभांश दिएको छ । बैङ्कले ८० प्रतिशत अर्थात् १०० बराबर ८० का दरले हकप्रद शेयर जारी गर्दै छ । हकप्रद शेयरका लागि यही मिति १७ गते बुक क्लोज रहेको छ भने चैत १६ गतेसम्म शेयर किन्ने लगानीकर्ताले हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

यो वर्ष प्रदान गरेको बोनस शेयर र ८० प्रतिशत हकप्रदपश्चात् कम्पनीको पूँजी ७ अर्ब २१ करोड पुग्नेछ, जुन राष्ट्र बैङ्कले तोकेको ८ अर्ब पूँजीको लक्ष्यभन्दा ११ प्रतिशत मात्र कमी हो । अर्को वर्ष बैङ्कले कम्तीमा ११ प्रतिशत आफ्नो पूँजीवृद्धि गर्नुपर्नेछ ।

नेपाल बङ्गलादेश बैङ्क लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना :
- बैङ्कको खुद नाफा ५४ करोड ६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करीब ४६ दशमलव ७० प्रतिशत वृद्धि हो । यही समयमा पूँजी ३२ प्रतिशत वृद्धि भई ४ अर्ब १ करोड पुगेको छ ।

- बैङ्क कर्जा प्रवाहमा केही आक्रामक हिसाबले अघि बढेको देखिन्छ । निक्षेप १५  दशमलव ५७  प्रतिशत वृद्धि भयो भने कर्जा प्रवाहे करीब २४ दशमलव १० प्रतिशत वृद्धि भएको देखिन्छ । त्यसैले, बैङ्कको सीसीडी रेशियो ७८ दशमलव १९ प्रतिशत छ, जुन राष्ट्र बैङ्कले तोकेको ८० प्रतिशतको थ्रेसहोल्ड नजिकै हो ।  

- बैङ्कको प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी २८ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । बैङ्क ७२ करोड ६१ लाख खुद ब्याज आम्दानीबापत कमाउन सफल भएको छ ।
- बैङ्कले १४ करोड ५९ लाख रुपैयाँ प्रोभिजन गर्नुपरेको छ भने जोखीम कोषबाट ६ करोड ९० लाख फिर्ता गरेको छ ।

- बैङ्कले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी २७, प्रतिशेयर नेटवर्थ १६४ प्रतिशत, पूँजी कोष लागत ४ दशमलव ४४ प्रतिशत, मूल्य आम्दानी अनुपात २८ गुणा, ब्याज स्प्रेडदर ४ दशमलव १७ प्रतिशत र निष्क्रिय कर्जा शून्य दशमलव ९९ प्रतिशत छ ।

निष्कर्ष :
वृद्धि भएको पूँजीको तुलनामा प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सक्नु बैङ्कको सकारात्मक पक्ष छ । कम्पनीले केही वर्षयता  लगानीकर्ताका लागि निकै राम्रो प्रतिफल दिँदै आएको छ  । तर, अब आउने ८० प्रतिशत हकप्रद शेयरले गर्दा बैङ्कलाई प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न र पहिलेको तुलनामा लाभांश दिन चुनौती थपिएको छ ।

प्राविधिक विश्लेषण : बजार सकारात्मक हुँदै

प्रतिरोध २ : ८३२  ।  प्रतिरोध १ : ७६० ।  टेवा १ : ६३७   ।   टेवा २ : ५६३   ।  हालको अन्तिम मूल्य : ७०५

बजारको अवस्था
कम्पनीको २० मार्च, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा लगभग २ महीनादेखि प्रवृत्तिहीन देखिएको बजार २ दिन अघिदेखिको कारोबारमा सकारात्मक सङ्केत देखिएको छ । २ फेब्रुवरी, २०१७ मा ७ सयसम्ममा कारोबार भएको थियो । यसले गर्दा ७ सय प्रतिरोधको रूपमा देखिएको थियो । हाल यो कम्पनीको मूल्य ७ सय ५ मा अन्तिम कारोबार भएको छ । यो अघिल्लो दिनको कारोबारभन्दा २६ रुपैयाँ अर्थात् ३ दशमलव ८३ प्रतिशत बढी हो । परिमाण ७१ हजार ४ सय ६१ छ भने यो अघिल्लो दिनको भन्दा १३ हजार ५ सय ५५ कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
लगभग २ महीनादेखि मूल्य प्रवृत्तिहीन देखिए तापनि अन्तिम कारोबारको दिन ७ सयको प्रतिरोध तोडेको छ । यो निश्चित रूपमा तोडिएको हो भने बजार सकारात्मक हुन सक्ने सङ्केत गर्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : ६ दिनको ईएमएले २१ दिनको ईएमएलाई तलबाट माथितर्फ छिचोलेको देखिन्छ । यसले बजारमा विक्रेताको चाप कम हुँदै गएको र क्रेताको चाप बढी रहेको सङ्केत गर्छ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ६६ अङ्कमा रहेको छ । यस सूचकको प्रवृत्ति हेर्दा सकारात्मक देखिएको छ ।

म्याकडी : म्याकडी रेखालाई सिग्नल रेखाले १ महीनाअघि माथितर्फ छिचोल्न सफल भएबापत नकारात्मक क्षेत्रबाट सकारात्मक क्षेत्रतर्फ बढेको देखिएको र यो हप्ता कारोबार शुरू भएदेखि म्याकडी रेखाले केन्द्ररेखालाई माथितर्फ तोड्न खोजेको देखिन्छ ।  

परिमाण : यो साताको परिमाण सकारात्मक देखिएको छ ।

निष्कर्ष :
हालसम्मको मुल्य प्रवृत्ति र उल्लिखित प्राविधिक सूचकको आधारमा विश्लेषण गर्दा बजार सकारात्मक देखिन थालेको छ । यदि मूल्य ७ सयभन्दा माथि स्थिर रहेमा बजार बढ्दो प्रवृत्तिको हुन सक्ने सङ्केत गर्छ र तत्कालीन प्रतिरोध ७ सय ६० मा रहेको देखिन्छ । यस कम्पनीको कारोबार गर्नुअघि आफै मनन गर्नुपर्ने हुन्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
4th NEWBIZ BUSINESS CONCLAVE & AWARDS
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

मन्त्री अब ‘नायक’ पनि
जबजब नेपालमा उद्योगी व्यापारीले जनतालाई बढी मूल्य लिएर ठगेर पाप कर्म गर्न थाल्छन्, तबतब कृष्ण भगवान् धर्तीमा आएसरि हाम्रा मन्त्री, सरकारी अधिकारीहरु त्यस्ता पापीहरुलाई समाप्त . . . विस्तृतमा »