लगानी

२०७३-१२-८ मा प्रकाशित     ९४२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

लक्ष्मी बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, ८ चैत २०७३)

प्रमुख गतिविधि :
बैङ्कले गत असार १७ गते प्रोफेशनल दियालो विकास बैङ्कलाई आफूसँग गाभेको थियो । लक्ष्मी बैङ्कको प्रतिशेयर मूल्यको ५० प्रतिशत रहने मूल्याङ्कन गरी आफूमा गाभेको थियो ।

लक्ष्मी बैङ्कले गत पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट ३८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको थियो । प्रोफेशनल दियालो विकास बैङ्कलाई एक्वायर प्रक्रियामा रहेको तथा थप जारी गर्न लागिएको शतप्रतिशत हकप्रद समेतलाई समायोजन गर्दा बोनस १८ दशमलव २९ प्रतिशत हुने कुरा कम्पनीले स्पष्ट पारेको थियो ।

नेपाल धितोपत्रबाट लगानी व्यवस्थापन, शेयर निष्कासन तथा विक्री प्रबन्धक आदि सेवाका लागि बैङ्कको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेड पनि सञ्चालनमा छ । साथै, कम्पनीको रू. ५० करोड रुपैयाँको लक्ष्मी भ्यालू फण्ड–१ नामक सामूहिक लगानी कोष योजना जारी रहेको छ । बैङ्कले लघुवित्त कार्यक्रमलाई सशक्त र विस्तारित रूपमा अगाडि बढाउन लक्ष्मी लघु वित्त वित्तीय संस्था लिमिटेड नामक सहायक कम्पनी पनि सञ्चालन गरेको छ ।

लक्ष्मी बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना :
- बैङ्क चालू अर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासमा खुद मुनाफा ३४ दशमलव शून्य १ प्रतिशत वृद्धि गरी ४० करोड ६३ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

- ३ अर्ब ३ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैङ्कले जगेडा कोषमा ३ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ राखेको छ ।

- निक्षेपमा ३५ दशमलव १४ प्रतिशत वृद्धि गरी ५५ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।

- कर्जामा ४६ अर्ब ७१ करोड १ लाख रुपैयाँ लगानी गरेको छ ।

- खुद ब्याज आम्दानी ३४ दशमलव ९५  प्रतिशत बढेर ७७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

- सञ्चालन मुनाफामा २१ दशमलव शून्य ३ प्रतिशत बढेर ४८ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
 
- प्रोभिजनमा १९ करोड १५ लाख रुपैयाँ राखेको छ ।

- निष्क्रिय कर्जा शून्य दशमलव १७ प्रतिशत बढेर १ दशमलव ३१ प्रतिशत छ ।

- जोखीमयुक्त सम्पत्ति शून्य दशमलव ४७ प्रतिशत घटेर १० दशमलव ८९ प्रतिशत छ ।

- प्रतिशेयर आम्दानी २६ दशमलव ७४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात २८ दशमलव ५३ गुणा, प्रतिशेयर नेटवर्थ २ सय १९ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ९८ प्रतिशत छ ।

निष्कर्ष
लक्ष्मी बैङ्क लिमिटेडको खुद मुनाफा बढ्नुमा प्रमुख कारण  खुद ब्याज आम्दानी, फी कमिशन तथा छूट, अन्य सञ्चालक आम्दानी वृद्धि हुनुका साथै खराब कर्जा उठाएसँगै मुनाफा बढेको हो । कर्जामा ३९ प्रतिशत वृद्धि भएपछि जोखीम व्यवस्थापन कोषको रकम बढेको छ ।

सकारात्मक पक्षमा निष्क्रिय कर्जा अघिल्लो त्रैमास भन्दा करीब शून्य दशमलव ३० प्रतिशत घटेर १ दशमलव ३१ प्रतिशत पुगेको छ । यस कम्पनीको सीडी रेशियो ७७ दशमलव ६९ प्रतिशत छ । यसको अर्थ यस बैङ्कलाई कर्जा प्रवाह खासै समस्या रहेको देखिँदैन ।

प्राविधिक विश्लेषण : मुनाफा सुरक्षित गर्दै लगानीकर्ता

प्रतिरोध २ : ७८० । प्रतिरोध १ : ७६० । हालको अन्तिम मूल्य : ७४५ । टेवा १ : ७०० । टेवा २ : ६७५

बजारको अवस्था
गत महीनादेखि बढ्दो प्रवृत्तिमा रहेको लक्ष्मी बैङ्कको शेयरमूल्यमा अहिले केही प्रतिरोध आएको छ । सोमवार कम्पनी ९ रुपैयाँ कमी भएर ७ सय ४५ रुपैयाँमा बन्द भएको छ । आइतवार ३१ हजार ५ सय ९८ कित्ता शेयर कारोबार भएको थियो भने सोमवार ३५ हजार ७ सय ३४ कित्ता शेयर कारोबार भएको छ । गत जुलाईमा कम्पनीको शेयरमूल्य ९ सय ७० रुपैयाँसम्म पुगेको थियो भने त्यसपछि लगातार घट्दो प्रवृत्तिमा रहेको थियो ।

टेवा प्रतिरोध विश्लेषण
कम्पनीको शेयरमूल्यले ७ सय ६० रुपैयाँको सतहमा प्रतिरोध पाएको देखिन्छ । गत सेप्टेम्बर र अक्टोबरबाट आएको प्रवृत्ति रेखामा बजारले प्रतिरोध पाएको देखिन्छ । साथै, जनवरीको अधिकतम मूल्य र फेब्रुअरीको न्यूनतम मूल्यलाई आधार मानेर खिचिएको फिबोनासीको ७८ दशमलव ८ प्रतिशतमा पनि बजारले प्रतिरोध पाएको देखिन्छ ।

मैनबत्ती विश्लेषण
सोमवार बजारले ७ सय ६५ रुपैयाँको बिन्दु परीक्षण गरे पनि त्यस सतहमा स्थिर हुन नसकी ७ सय ४५ रुपैयाँसम्म झरेको थियो । घट्दो बजार र बढ्दो कारोबारले बजार केही नकारात्मक हुन सक्ने सङ्केत गर्छ ।

मुभिङ एभरेज
२१ दिने मुभिङ एभरेज र ५० दिने मुभिङ एभरेजले भने बजार बढ्दो प्रवृत्तिमा रहेको देखाएको छ । हालको बजार यी दुवै मुभिङ एभरेजभन्दा माथि छ । साथै, २१ दिने मुभिङ एभरेज ५० दिने मुभिङ एभरेज माथि हुनु पनि सकारात्मक पक्ष नै छ ।

निष्कर्ष
बजार बढ्ने सङ्घर्ष गरेको देख्न सकिन्छ भने केही कमी हुन सक्ने सम्भावना पनि प्रबल देखिन्छ । अहिलेको मूल्यतिर कारोबारीले मुनाफा सुरक्षित गरेको देखिएको हुनाले केही दिन कमी हुन सक्ने देखिन्छ ।


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

चुनावी नशामा लठ्ठ जनता
चुनाव साँच्चिकै लाग्यो त देशमा । तीव्र राजनीतिक ध्रुवीकरणका कारण पनि चुनावले सबैजसो नेपालीलाई नशा लागेजसरी समातेको छ । अझ वाम र काङको जुहारीले पनि रमाइलो मेला मन पराउने . . . विस्तृतमा »