खेल विविध

२०७३-१२-१५ मा प्रकाशित     १०४६ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

काठमाडौँ, १५ चैत (अस) । इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशको यू–२३ टिमसँग ८३ रनले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५७ रन बनाएको थियो । २ सय ५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले जम्मा १ सय ७४ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । 

नेपालका लागि ब्याट्स्म्यान दिलिप नाथ र दीपेन्द्र ऐरीले राम्रो साझेदारी गरेपनि त्यो नेपालको जितका लागि पर्याप्त भएन । अन्य ब्याट्सम्यानको फितलो प्रदर्शनका कारण नेपालले ४२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा १ सय ७४ रनमात्रै बनाउन सक्यो । 

यस्तै नेपालका बलर अभिनाश कर्णले ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले महत्वपूर्ण २ विकेट लिए । मेहबुब आलम र ज्ञानेन्द्र मल्लले १–१ विकेट लिएका थिए ।

सोमबार भएको पाकिमस्तानसँगको खेलमा पनि नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो । लगातारको दुई हारसँगै नेपाल इमर्जिङ टिम्स कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »