खेल विविध

२०७३-१२-१७ मा प्रकाशित     १०८२ पटक पढिएको    ० बिचार / प्रतिक्रिया

चैत १७, काठमाडौं (अस) । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गरेको छ । पाकिस्तान र बङ्गलादेशसँगको खेल गुमाए। समूह चरणबाटै बाहिरिएको नेपालका लागि यो सान्त्वना जित हो । 

हङकङले दिएको २ सय १५ रनको लक्ष्य नेपालले ४२ दशमलव २ ओभरमा तीन विकेट गुमाउँदै पुरा ग¥यो । दीपेन्द्रसिंह ऐरीले अन्तिम बलमा छक्का प्रहार गर्दै नेपाललाई प्रतियोगितामा सान्त्वना जित दिलाएका हुन् । बङ्गलादेशको कक्स बजार स्टेडियममा नेपालले टस जितेपछि हङकङलाई ब्याटिङको निम्तो दिएको थियो । हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय १४ रन बनायो । कप्तान ज्ञानेन्द्र मल्लले ७० रनको बनाएर जितको आधार तयार पारेपछि नेपाललाई जित्न सहज भएको हो । दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरबीच एक सय पाँच रनको साझेदारी भएपछि नेपालले दुई सय २० रन बनाएको थियो ।  

बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले सर्वाधिक तीन विकेट लिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, भुवन कार्की र सुशन भारीले समान दुई–दुई विकेट लिएका थिए । सन्दिप लामिछाने एक विकेट लिए । नेपाल र हङकङ समान दुई–दुई खेल हारेर प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् । 

नेपालले पहिलो खेल पाकिस्तानसँग ६ विकेटले तथा दोस्रो खेल बङ्गलादेशसँग ८३ रनले हारेको थियो । 

एसियाली क्रिकेट परिषद् ( एसिसी) को आयोजनामा भइरहेको उक्त प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै मलेशिया, अफगानिस्तान र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भारतका तेइस वर्षमुनिका खेलाडीको सहभागिता रहेको छ । 

 


#  
कुनै पनि बिचार / प्रतिक्रिया छैन ।
http://nepallife.com.np/
Kalash Cement
http://www.keyalgroup.org
http://www.keyalgroup.org
Trisakti Cement

नयाँ अपडेट

फोटो फिचर

तीतो मीठो

जमेर तिहार मनाऔं

जमेर तिहार मनाऔं

मदन लम्साल

गृह मन्त्रालयले तिहारमा पटाका र आतिसबाजी खुलेआम नल्याउन र नपड्काउन उर्दी जारी गरिसकेको छ । अब कसैले लुकिछिपी ल्याएर पड्काए भने त भिन्नै कुरा हो । गाउँशहरमै दिनदहाडै गोली पड्किएर . . . विस्तृतमा »